१६ औं जिल्ला स्तरीय रनिङ शिल्ड हिमाको ओदीमा आयोजना हुने 

जुम्ला । जिल्ला स्तरीय १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमा गाउँपालिकामा हुने भएको छ । जिल्लाका आठै स्थानीय तहको सहभागितामा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता हिमा गाउँपालिका वडा नं २ स्थित नेत्रज्योति मावि (प्राविधिक) विधालय ओदीमा हुने भएको हो ।

२०८२ साल कार्तिक १२ गतेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन तथा व्यवस्थापन समितिको बैठक अनुसार १६ औं राष्ट्रपति रनिङ शिल्ड नेत्र ज्योतिमावि ओदीमा आयोजना गर्ने निर्णय भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । 

आठै पालिकाका तथा अन्य खेल प्रेमीहरुलाई उत्साहजनक रुपमा सहभागि हुन समेत हिमा गाउँपालिकाले अनुरोध गरेको छ । हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालन्धर भूसालले प्रतियोगिताको आयोजना हिमामा हुने भएपनि आयोजनालाई सफल बनाउन सबै पालिका र सरोकारवालाले सहयोग तथा समन्वय गर्नु पर्ने बताएका छन् ।  हिमा गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ । 

प्रकाशित मिति : २०८३ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस