हिमा गाउँपालिका पूर्णखोप सुनिश्चतता घोषणा

जुम्ला ।जुम्लाको हिमा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । विहिबार आयोजित एक समारोहका बीच हिमालाई पूर्णखोप सूनिश्चतता पालिका घोषणा गरिएको हो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको सभाध्यक्षता र प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको  प्रमुख आतिथ्यतामा हिमा पूर्णखोप सुनिश्चितता पालिका घोषित गरिएको छ ।

खोप उमेर समुहका सबै बालबालिकाले नियमित र पूर्णखोप पाएको सुनिश्चित गर्ने वार्षिक कार्यक्रम अनुसार विहिवार हिमालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

 ´हिमा स्वास्थ्य शिक्षा, खानेपानीमा सधै अघि छ`,उनले भने,देशका सक्षम नागरिक बनाउन स्वस्थ जनशक्ति राख्नु पर्छ मान्यताले हामीले सबै खोप उमेर समुहका बालबालिकालाई खोप दिईसकेका छौ । यस कार्यमा खट्ने स्वास्थ्यकर्मी धन्यबादका पात्र छन् ।`

जन्मेदेखि १५ महिना मुनिका र १६ महिनादेखि २३ महिना सम्मका बालबालिकालाई दिईने १५ वटा खोपाएको सुनिश्चित गर्न हरेक वर्ष पालिका हुदै समग्र जिल्लालाई पूर्णखोप पाएको घोषणा गर्ने कार्यक्रम हुदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले हिमाले शिक्षा, खानेपानी तथा स्वास्थ्यमा उल्लेखीय काम गरेको पाईएको बताए । आगामी दिनमा समन्वय सहकार्य गरी घोषणा कार्यान्वयनमा जोड दिन सुझाव दिए ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस