मुगु । कर्णाली प्रदेशको विकट हिमाल मुगु जिल्लास्थित खत्याड गाउँपालिका वडा वडा नं ५ मा पाँच वर्षअघि ठड्याइएको नेपाल टेलिकमको मोबाइल टावर अहिले वडा नम्बर ५का यी गाउँ लमेरा कोटिला खमाले कवा भागोटि चाक्पाडे गाउँहरु म अहिले पनि सम्म मोबाइल नेटवर्क सञ्चालनमा आउन सकेको छैन।
सरकारी निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण टावरका भौतिक संरचना घाम र पानीले सडिरहेका छन् भने स्थानीय बासिन्दा सञ्चार सुविधाबाट पूर्ण रूपमा वञ्चित भएको सुमन बुढा ले भन्नु भयो ।सञ्चारका लागि डाँडाकै भरटावर बनेपछि गाउँमै मोबाइल चल्ने र आफन्तसँग सहजै कुरा गर्न पाइने आशामा बसेका खमाले लगायत आसपासका स्थानीय बासिन्दा अहिले निराश भएका छन्।
सामान्य फोन गर्न वा एउटा सन्देश पठाउनका लागि पनि स्थानीयहरू घण्टौँ उकालो हिँडेर अग्ला डाँडा वा पहाडको खोंचमा पुग्न बाध्य हुन्छ। हिउँदको चिसो र बर्खाको झरीमा पनि नेटवर्क खोज्दै डाँडाकाँडा चहार्नु यहाँका नागरिकको दैनिक नियति बनेको छ।आकस्मिक सेवा र सरकारी कामकाज ठप्प मोबाइल नेटवर्क र इन्टरनेट नहुँदा स्थानीय स्वास्थ्य चौकीमा आकस्मिक बिरामी पर्दा एम्बुलेन्स बोलाउन वा डाक्टरसँग परामर्श लिन समेत कठिन भएको छ। खत्याड गाउँपालिका वडा नम्बर ५ को कार्यालयबाट हुने अनलाइन तथा डिजिटल सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्।
बैंकिङ कारोबार, विद्यार्थीहरूको अनलाइन सिकाइ र लोकसेवाका फारम भर्नका लागि समेत खत्याड गाउँपालिका वा सदरमुकाम गमगढी र बाजुराको कोल्टी धाउनुपर्ने बाध्यता छ।नेपाल टेलिकमको उदासिनता र टेलिकमले टावरको सिभिल संरचना (फलामको खम्बा) ठड्याए पनि आवश्यक बीटीएस उपकरण र पावरका लागि सोलार सिस्टम जडान गरेको भएपनि देखाउनकै लागि जस्तो भएको स्थानीयवासीले बताएका मुगु जिल्लाभर रहेका कुल २४ वटा टेलिकम टावरमध्ये हाल १२ वटा टावर मात्र सञ्चालनमा छन्।
बाँकी १२ वटा टावर प्राविधिक उपकरण अभाव वा मर्मत नहुँदा अलपत्र परेका छन्, जसले मुगुको इन्टरनेट पहुँचलाई ५ प्रतिशतभन्दा तल झारेको छ। गाउँपालिकाका बासिहरुले खत्याडको टावर तत्काल सञ्चालनमा ल्याउन जोडदार माग गरेका छन्। करोडौँको सरकारी लगानी बालुवामा पानी झैँ भएको यो अवस्थालाई सरोकारवालाले कहिले सम्बोधन गर्छन्, त्यो भने हेर्न बाँकी छ।



