जुम्ला ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । विहिवार पालिकामा आयोजित भेलाबाट आफु रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन् ।
उनले आफू पालिकाको अध्यक्ष नेपाल संविधाननुसार निर्वाचित भएको र काँग्रेस पार्टीबाट निर्वाचित नभएको भन्दै आफ्नो पद फाल्न चुनौती दिए ।
त्यस्तै गुठिचौर गाउँपालिका वडा नं ३ का स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष इन्द्र बुढाले पनि रास्वपामा गरेका हुन । २०७९ को चुनावमा स्वतन्त्र रुपमा निर्वाचित भएका वडाध्यक्ष बुढाले रास्वपा प्रवेश गरेका हुन् ।
गुठिचौरका अध्यक्ष, वडाध्यक्ष सहित दर्जनबढी नेताहरु रास्वपा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनमा फरक राजनीतिक पृष्ठभूमिबाट निर्वाचित भएका दुवै जनप्रतिनिधिको रास्वपा प्रवेशलाई जुम्लाको राजनीतिमा बृत्तमा नयाँ तरंग आएको छ ।



