गृहमन्त्री गुरुङ र विज्ञान प्रविधिमन्त्री महावीर पुनले लिए सपथ

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सोमबार राष्ट्रपति समक्ष सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित औपचारिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।


प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसपछि दुवैलाई मन्त्री पदमा नियुक्त गरिएको हो। यसअघि गृहमन्त्री रहेका गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी विवादपछि राजीनामा दिएका थिए। पछि गठित छानबिन समितिले उनलाई निर्दोष ठहर गरेपछि उनी पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्।


त्यस्तै, महावीर पुन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री भइसकेका थिए। पछिल्लो समय उनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य जितेर फेरि राजनीतिक सक्रियता देखाएका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस