जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आगामी आवका लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । असार १० गते अनिवार्य नीति र बजेट ल्याउनु पर्ने सरकारको प्रावधान अनुसार बुधवार तातोपानीले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँषले समृद्व तातोपानीको संकल्प सहित कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन क्षेत्रमा प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरे । भौतिक विकास संगै सामाजिक विकास तथा सशसक्तिकरणका मुद्वालाई समेत विशेष प्रथामिकता राखेर नीति ल्याईएको छ ।
स्थानीय कर तथा खर्च व्यवस्थापन, कृषि, पर्यटन, खानेपानी, सरसफाई, पूर्वाधार विकास, भाषा साँस्कृतिक संरक्षण,श्रम तथा रोजगार, खाध सुरक्षा, उधोग, जलावयू अनुकुलन, उर्जा प्रर्बद्वन, सरसफाई, वाताबरण संरक्षण देखि विपद व्यवस्थापन लगायतका २२ वटा शिर्षक अन्तर्गत थुप्रै नीति तथा कार्यक्रम ल्याईएको ।
बजेटको आकार अनुसार कार्यान्वयनमुखी नीति ल्याईएकाले सबैको समन्वय सहकार्यमा समृद्व तातोपानी निर्माण गर्ने संकल्प गरिएको अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए । उनका अनुसार तातोपानीको जल,जमिन, जडिबुटि,जंगलको संरक्षण, पर्यटन विकास तथा सामाजिक विकासमा विशेष ध्यान दिईने छ ।
साथै तातोपानी गाउँपालिका उपाध्यक्ष तथा बजेट तर्जुमा समितिका संयोजक रेवती रावलले आगामी आव २०८३/०८४का लागि ५४ करोड २८ लाख ८ हजारको बजेट प्रस्तुत गरेकी छन् ।
२८ शिर्षक अन्तर्गत रहेर ल्याईएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ५४ करोड २८ लाखबढीको बजेट प्रस्तुत गरिएको हो ।
जसमा चालु तर्फ ३५करोड ५८ लाख ८८ हजार अर्थात ६५.५७ प्रतिशत र पुजिगत तर्फ १८ करोड ६९ लाख २० हजार ३४.४३प्रतिशत बजेट विनियोजन गरिएको छ ।
तातोपानीमा संघीय सरकारबाट ४३ करोड ९१ लाख ९० हजार, प्रदेश सरकारबाट ५ करोड २८ लाख २७ हजार अनुदान प्राप्त भएको थियो भने अल्या बजेट ४ करोड ६२ लाख ९१ हजार र आन्तरिक राजश्व संकलन ४५ लाख गरी कुल ५४ करोड बढीको बजेट ल्याईएको छ । भने तातोपानीका आठ वटै वडामा आबश्यकता मागका आधारमा बजेट बाँडफाँड गरिएको छ ।



