ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको कडा आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।


आइतबार जारी विज्ञप्तिमा विभागले सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोगकर्ता तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको छ।


विभागका अनुसार जिम्मेवार जनप्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत रहेको छ। विज्ञप्तिमार्फत शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ।


उचित सम्बोधन र क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि विभागले दिएको छ।


साथै, आफ्ना समर्थक तथा शुभेच्छुकलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन विभागले आग्रह गरेको छ।
उक्त विज्ञप्तिमा प्रवास नेपाली सम्पर्क विभाग, जापानका अध्यक्ष दीपक केसी र सहसचिव फणिन्द्र शर्मा सुवेदीको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस