निशुल्क स्वास्थ्य शिक्षादेखि पूर्वाधार विकासमा अब्बल वडा बनाउने रावलकाे प्रतिबद्दता

जुम्ला । नेकपा माओबादी केन्द्रबाट ताताेपानी गाउँपालिका वडा नं. ३ काे वडाध्यक्ष पदका उम्मेद्वार डिल्ली बहादुर रावलले पहिलाे कार्यकालमा भएकन विकासकाे संस्थागत गर्न तथा अधुरा कामलाई पुर्णता दिई जिल्लाकै नमुना र अब्बल वडा बनाउन वडाध्यक्षमा उम्मेदवारी दिएकाे बताए ।

जनताकाे चाहाना र पार्टिकाे विश्वासले दाेस्राे पटक वडाध्यक्ष पदका लागि चुनावी मैदानमा हाेमिएकाे भन्दै रावलले ३ नम्बर वडाबासीलाई निशुल्क स्वास्थ्य उपचार संगै जेहेन्दारलाई निशुल्क शिक्षा देखि कृषि,पर्यटन,भवन,सडक,खानेपानी,सिचाई लगायतका क्षेत्रकाे पूर्वाधार विकास गरि जिल्लाकै अब्बल एवम नमुना पालिका बनाउने प्रतिबद्दता गरे ।

धेरै महत्वकाँक्षी याेजना नबनाएकाे भन्दै आफ्नाे घाेषणा पत्रमा वडाका आधारभुत विकासमा प्रथामिकता र विगतमा भएका विकासलाई संस्थागत गर्ने पक्षलाई विशेष जाेड दिएकाे उनकाे भनाई छ ।

३ नम्बर वडाभित्र रहेका पर्यटकिय स्थल,”बुदबुदि,लछालकृति पैकला दरबार,गुरु फाेक्टाे मालिक मन्दिर लगायतका क्षेत्र जाेड्ने केबुल कार निर्माणका लागि पहल गरिने घाेषणा पत्रमा उल्लेख छ ।
त्यस्तै एक घर एक धारा निर्माण भईसकेकाे भएपनि त्यसलाई दिगाे र व्यवस्थित बनाईने छ ।भने, फाेरजी सहितकाे इन्टरनेटकाे विकास गरिने छ । साथै युवा उधमशिलतालाइ पनि विशेष महत्वका साथ अघि बढाईने छ ।
यस्ताे छ वडाध्यक्ष डिल्ली बहादुर रावलकाे घाेषणापत्र ।               

 

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस