बेथिती विरुद्ध वकालत गर्दै सिंजाका किशोरी

जुम्ला ।  छोरी भएकै कारण समाजमा खेप्नु पर्ने विभिन्न बेथिती विरुद्ध सिंजाका किशोरी वकालत गर्न थालेका छन् । समाजमा विद्यमान छुईप्रथा,महिला हिंसा,लैगिक विभेद लगायतका बेथिती विरुछ किशोरी एकजुट भएर वकालत गर्न थालेका हुन् ।

प्लान नेपालको आर्थिक सहयोग तथा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालद्धारा संचालित निर्णय र नेतृत्व परियोजना मार्फत सिंजा गाउँपालिकामा सीओसी कक्षा संचालन भएपछि त्यहाका किशोरीहरु सचेत भएका हुन् ।

अहिले हामी किशोरीहरुमा हुने सामाजिक विभेद र समाजका बेथिती विरुद्ध वकालत गर्ने गरेका छौ । सिंजा गाउँपालिका राज्यलक्ष्मी हमालले भनिन,“अहिले किशोरुी सामाजिक सवालमा एकजुट मात्र हुदैनौ । बेथिती विरुद्ध परिणामुखी काम गर्नुपर्छ भन्ने जोश आँट आएको छ । वडा देखि गाउँपालिका सम्म किशोरीमैत्री नीति निर्माण तथा कार्यक्रम संचालनका लागि पहल गरिरहेका छौ ।”

उनका अनुसार सिंजाका १ सय किशोर १ सय किशोरी गरी २ सय जना किशोर किशोरी परिवर्तनका सम्बाहका रुपमा तयार भएका छन् । शिक्षा,स्वास्थ्य,रोजगार लगायतका क्षेत्रमा महिला पुरुष हुने सामाजिक विभेद अन्त्यका लागि पनि सिंजाका किशोरीहरुले अभियान चलाउने बताएका छन् ।

सामाजिक शसक्तीकरण,क्षामता विकास र बालमैत्री नीति निर्माणका लागि पनि हामी सक्षम भएका छौ । बालविबाह र छुईप्रथा गर्ने असरका विषयमा पनि सहजै बहस पैरबी गर्न सक्षम छौ । अब वर्तमान समय र भविष्यमा हाम्रो गाउँघरमा बाल विबाह गर्दैनौ र गर्न दिन्नौ भन्ने अभियानका साथ समेत अघि बढीरहेका छन् ।

मुख्य उपलब्धीका रुपमा सिंजाका तीन पालिकाका १ हजार परिवर्तन सम्बाहकका तयार गरेको क्याड नेपालका फिल्ड अधिकृत शेर बहादुर रोकायाले बताए । उनका अनुसार १० वर्षदेखि १५ सम्मका ५ सय र १६ देखि २४ वर्ष उम्मेरका ५ सय गरी १ हजार परिवर्तनका सम्बाहक तयार भएका हुन् । उनिहरुले परियोजनाको लक्ष्यलाई सफल बनाउन आफ्नो गाउँघरमा कुरिती अन्त्यका लागि उल्लेखीय काम गरीरहेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस