
जुम्ला । तिला गाउँपालिका ८ स्थित देउराली मावि जुम्लाकोटका प्रधानाध्यापक राम भजन यादवले असहमतीमै कक्षा कोठामा जर्बरजस्तीले भेडाबाख्राको कपाल काटेजस्तो (बाँदे मुढाई) शैलीमा कपाल काटि दिएका छन् । अटेरी गरेको भन्दै प्रअ यादवले कक्षा ९ मा पढ्ने तीन जना विद्यार्थीको जर्बरजस्ती कपाल बाँदे मुढाई रुपमा काटि दिएका हुन् ।
भोली कपाल काटेर आउँछु,आज काट्दिन भन्ने तीन जनाको कपाल बाँदे मुढाइ गरेको,अटेरी गर्ने दुई जना विद्यार्थीलाई समेत कक्षा कोठाबाटै बाहिर पठाएका भिडियो सार्वजानिक भएको छ ।
सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई अनिवार्य पोशाकको व्यवस्था गरेपनि शिक्षक कहिले पनि विद्यालय पोशाक लगाएर आउदैनन् । तर विद्यार्थीले २÷३ दिन कपाल नकाट्दैमा कक्षा कोठामा जर्बरजस्ती प्रअले विद्यार्थीलाई हतोसाहित हुने गरी बाँदेमुढाई शैलीमा कपाल काट्नु बाल अधिकार र मानव अधिकार विपरित भएको मानव अधिकारकर्मी बताउँछन् ।
भिडियोमा तीन विद्यार्थीको जर्बरजस्ती कपाल काटेर छोडेको,दूई जना विद्यार्थीले अटेरी गरेपछि कक्षाबाट निकालिएको र अन्यलाई धम्क्याएर कपाल काटेको देखिन्छ । भने, जसले भनेको मान्दैन त्यसलाई विद्यालयमा पढ्न समेत नदिने भनेर प्रअ यादवले धम्काएका थिए ।
एक विद्यार्थीले भन्नुभयो,“भोली काटेर आउँछौ भन्दा भन्दै सरले जर्बरजस्ती कपाल काटिदिएपछि चारपाटे मुन्डन गरेको,सजाय दिएको र मानव अधिकार,बाल अधिकारको हनन् भए जस्तो महशुस भयो । कक्षामा सबै विद्यार्थी हाँस्दा निकै लाज लाग्यो र भोली विद्यालय जान पनि अप्ठारो लागेको छ ।”
यता विद्यालयका प्रधानाध्यापक रामभजन यादव गलत नियतले नभई धेरै पटक कपाल काटेर आउँनु भन्दा अटेरी गरेकोले सम्झाउनका लागि कक्षामा कपाल काटेको बताउनु हुन्छ । यदपी,सामाजिक सञ्जालमा भिडियो हाल्नु गलत भएको स्वीकार गर्नुभयो ।

२÷४ जना विद्यार्थीले नटेरेको,अनुशासनको पालन नगरेकोले अनुशासन पालन गराउनका लागि कक्षा कोठामै कपाल काटि दिएको बताउनुभयो । भोलीदेखि विद्यालय आउदा स्कुलको पोशाक, सरसफाई र कपाल काटेर आउ भनेर सम्झाएको उहाँको दाबी छ ।
देउराली मावि विद्यालयकै फेशबुकबाट सार्वजानिक भिडियोमा भिडियो गर्ने व्यक्तिले चारपाटे बनाइदिनुपर्छ भनेको, र प्रअले जर्बरजस्ती धम्काउदै कपाल काटेको देखिएको छ । भिडियाको चर्को आलोचना भएपछि भने भिडियो सामाजिक संजालबाट हटाइएको छ ।
मानसिक रुपमा गम्भीर असर पर्छ
मनोविर्मशकता नन्दराज आर्चाय भन्छन,“कुनै पनि कारणले सबै विद्यार्थीका माँझ एक जनालाई सजाय दिनु दण्डित गर्नु गलत हो । यसले बालबालिकामा ट्रमाटिक स्ट्रेस ( अर्थात दिमागमा आज्ञातजन्य तनाव)को असर मानसिक रुपमा पर्छ । सबैका अगाडी बेइजत हुँदा किशोर किशोरीले आत्महत्या सम्मको समेत प्रयास गर्छन् । यस्ता घटनामा शिक्षकहरु निकै गम्भीर हुनुपर्छ ।”
हेर्दा सामान्य देखिएपनि यस्ता घटनाले पछि सम्म पनि असर गर्ने, ठुलो रुप लिने समेत उहाँको भनाई छ । कक्षामा कपाल काट्ने,जथाभावी धम्काउने जस्ता कार्यले विद्यार्थीले आफुप्रति हिनताबोध गर्ने,पढाई प्रति रुचि नराख्ने, शिक्षक प्रति समेत इगो लिने र मानसिक रुपमै समस्या पैदा हुने जस्ता समस्या निम्तीने मनोविर्मश कर्ता आर्चायले जानकारी दिनुभयो ।
यता तिला गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनमाया खत्रीले त्यो भिडियो आफुले नगरेको अनुशासन पालाना नगरेको भन्दैमा कक्षामा कपाल काट्नु गलत भएको बताउनभयो । भिडियो हेरेर आबश्यक प्रक्रिया अघि बढाउने उहाँको भनाई छ ।



