सुबिधा सम्पन्न शौचालय निर्माण भएपछि बिद्यार्थीलाई सहज

विद्यालयमा निर्माण भएका शौचालय र बालमैत्री खानेपानी धारा

विद्यालयमा निर्माण भएका शौचालय र बालमैत्री खानेपानी धारा

जुम्ला : एक दशक अघि विद्यालयमा खानेपानी र शौचालय नहुदा बीचमै कक्षा छोडेर घर जानु पर्ने अवस्था थियो । तर अहिले त्यो अवस्था परिवर्तन हुदै आएको छ । विद्यालयमै सुबिधा सम्पन्न शौचालय र खानेपानी धारा निर्माण भएपछि बिद्यार्थीलाई सहज भएको छ । सिंजा गाउँपालिका – ४ शारदा आधारभूत बिद्यालय र कनकासुन्दरी गाउँपालिका ३ नवदुर्गा आधारभूत बिद्यालयमा सुबिधा सम्पन्न शौचालय र खानेपानीका धारा निर्माण भएपछि विद्यार्थीलाई सहज भएको हो ।
बर्षौं देखि शौचालय भएपनि पानी नहुने र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै शौचालय नहुँदा बिद्यार्थीलाई समस्या हुने गरेको थियो । बिद्यार्थीहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गरि महिला, पुरुष र अपांगमैत्री शौचालय निर्माण सम्पन्न भएपछि बिद्यार्थी, शिक्षक र अविभावकलाई राहत मिलेको छ ।
प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित खानेपानी, सरसफाई स्वच्छता तथा उत्थानशिलता परियोजनाको १३ लाख ७२ हजारमा शारदा आधारभूत बिद्यालयमा र १३ लाख ६४ हजार ७ सय ९७ रुपैयाँको लागतमा नवदुर्गा आधारभूत बिद्यालयमा शौचालय निर्माण सम्पन्न भएको पेस नेपाल जुम्लाले जनाएको छ ।
शौचालयसँगै २ लाख २१ हजार ४ सय ३३ रुपैयाको लगानीमा दुबै बिद्यालयमा बालमैत्री खानेपानी धारा पनि निर्माण गरी प्रयोगमा आएका छन् । सारदा आधारभूत बिद्यालयका प्रधानाध्यापक विश्वराज श्रेष्ठले शौचालय र वालमैत्री धारा निर्माणले बिद्यालय र बिद्यार्थीहरुको सरसफाईमा सहयोग पुग्नुका साथै गुणस्तरीय शिक्षामा पनि टेवा मिल्ने विश्वास गरिएको बताए ।
यसैगरी नवदुर्गा आधारभूत बिद्यालयका प्रधानाध्यापक हरीबहादु बुढाले शौचालय र खानेपानीको अभावमा बिद्यार्थीहरु अनियमित हुने क्रम भंग हुने भन्दै बिशेष छात्राहलाई यसले सकारात्मक प्रभाव पारेको बताए । शौचालय र वालमैत्री धारा निर्माण भएसँगै सारदा आधारभूत बिद्यालयका ९४ जना छात्रा तथा ९० जना छात्र र नवदुर्गा आधारभूत बिद्यालयका ३४ छात्रा र ३० छात्र लाभान्बित भएका छन् ।
बिगत तिन बर्ष देखि प्लान इन्टरनेशन नेपाल र पेस नेपाल जुम्लाले सामुदायिक बिद्यालयमा खानेपानी, सरसफाई स्वच्छता प्रबद्र्धन गर्नका लागि स्थानीय स्तरमा रहेका सामुदायिक बिद्यालयको संस्थागत सबलिकरण तथा गुणस्तरिय शिक्षाका लागि सरसफाई कार्यक्रम मार्फत जनचेतना अभिबृदि, स्वच्छ खानेपानीको सहज आपूर्ति, महिनावारी ब्यबस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएका छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस