सुपथ मूल्य पसल संञ्चालनपछि चामल लिनेकाे भिड,माघ २ गतेसम्म वितरण हुने 

जुम्ला ।  जुम्लामा सुपथ मूल्य पसल संचालन भएकाे छ ।दशैँ तिहार लक्षित सुपथ मूल्य पसल आईतबारदेखि जुम्लामा संचालन भएकाे हाे ।

सुपथ मूल्य पसल संचालन संगै चामल लिनेकाे बाक्लाे भीड लागेकाे छ । दशैँकाे जाेहाे गर्न चालम लिनेकाे भीड लागेकाे हाे । महिला पुरुष छुट्टा छुट्टै लाईन लगाएर चामल वितरण गरिएकाे छ ।

प्रतिकेजी ५ रुपैया र प्रति बाेरा १२५ रुपैया छुट भएपछि चामल लिन स्थानीयकाे भीड लागेकाे हाे ।  भीडलाई राेक्न प्रतिव्यक्ति २ बाेरा उपलब्ध गराईएकाे छ ।

खाध मुुल्य पसल संचालनपछि चामल लिनेकाे भीड । तस्बिर कर्णाली मिसन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाका प्रमुख सन्ताेष तिवारीले बताए । उनका अनुसार जिल्ला भरीका लागि सहुलियत मूल्य पसल संचालन गर्न  ५ हजार क्वीईन्टल छुटाईएकाे छ ।

जसमा जिल्ला शाखाकाे लागि २५ सय क्वीईन्टल चामल छुटाईएकाे छ । भने जुम्लाकाेट डिपाेका लागि ५ सय,धाँपा डिपाेका लागि ५ सय क्वीईन्टल छुटाईएकाे छ । भने ताताेपानीकाे विक्रि केन्द्र पाथरखाेलामा ५ सय क्वीईन्ट,पातारासिकाे लुम र हिमाकाे बाजागाड वितरण केन्द्रका लागि ५ सय क्वीईन्टल छुटाईएकाे प्रमुख तिवारीले बताए ।

उनले भने,’सुपथ मूल्य पसल संचालन आगामी माघ २ गते सम्म हुने छ । पहिलाे दिन निकै भीड देखिएकाे छ । दशैँ तिहार अवधिभर जुम्लामा खाधन्न अभाव हुने छैन् । विस्तारै अनुकूलता अनुसार चामल लिन सकिने छ ।’

माघ २ गते सम्म सुपथ मूल्य पसल संचालन  हुने भएकाेले अभाव भएकाे खण्डमा पनि थप काेटा माग गरिने छ । भने फूलपातीकाे अघिल्लाे दिन असाेज २३ गते सम्म वितरण हुने छ। भने दशैँ विदा सकिएपछि पुन सुरु हुने छ  ।

खाद्यले हाल स्ट्रिम जिरा मसिनाे,अरुवा माेटा र साेना मन्सुली चाल विक्रि हुँदै आएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाका जिन्सी शाखा प्रमुख लक्ष्मण शर्माले बताए ।

उनका अनुसार सहुलियत मूल्य पसल संचालनपछि छुट दिँदा २ हजार ४ सय पर्ने स्ट्रिम जिरा चामल छुटपछि २२ सय ७५,प्रतिबाेरा १६ सय ७५ रुपैयाँ पर्ने अरुवा माेटा छुटपछि १५ सय ५० र १७ सय ५० रुपैयाँ पर्ने साेना मन्सुली छुटपछि १६ सय २५ रुपैयाँमा विक्रि हुने छ ।

चाडपर्वका बेला सहुलियत पसलबाट थाेरै छुटले पनि विपन्न नागरिकलाई राहत हुने समेत अपेक्षा गरिएकाे छ । प्रत्यक दिन विहान १० बजेदेखि दिँउसाे २ बजेसम्म वितरण हुने छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस