जुम्ला । नाग्म-गमगडी सडककाे प्रवेशद्दार जिराे प्वाईन्टबाट कालाेपत्रे गर्नु पर्ने हिमा गाउँपालिकाले माग राखेकाे छ । हिमा गाउँपालिकामा बसेकाे सर्वपक्षिय बैठकले नाग्म-गमगडी सडककाे बीच भागबाट कालाेपत्रे भएकाे र प्रवेशद्दारमा अझै खाल्डाखुल्डी भएकाेले जिराे प्वाईन्टबाट कालाेपत्रे हुनु पर्ने माग गर्ने निर्णय गरिएकाे हाे ।
स्तराेन्नती संगै कालाेपत्रेकाे कामलाई सुरुकाे विन्दुबाट गर्नु पर्नेमा हिमाका राजनीतिक दलहरुले जाेड दिएका छन् । प्रवेशद्दारकाे सडक खण्डमा कुनै काम नगरी सिधै विभेदकारी ढंगबाट बीचै खण्डमा कालाेपत्रे,ग्राभेल लगायतका काम भएकाेले तत्काल सुरु विन्दुबाट काम अघि बढाउन माग गरिएकाे हाे ।
९३ किलाेमिटर दुरीकाे नाग्म-गमगडी सडककाे प्रवेश द्दारा हिमा गाउँपालिकामा पर्छ । तर सडक संचालनकाे करिब डेढ सुरु भएकाे कालाेपत्रे काम बीचबाट सुरु भएकाे छ ।
तर जिराे प्रवुशद्दारमै कालाेपत्रे नहुँदा रारा आउने पर्यटकहरुले सडकले सास्ती हुने आँकल गर्ने भएकाे जिराे प्वाईन्टबाटै कालाेपत्रे सुरु गर्ने पर्ने निर्णय गरिएकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
हिमा गाउँपालिकाका सबै दलहरूका प्रतिनिधि बसेर नाग्म-गमगडीकाे कालाेपत्रे अघि बढाउने साझा निर्णय गरेका छाै ।
उनले भने,’सडक डिभिजन जुम्लालाई जिराे प्वाईन्टबाट कालाेपत्रे सुरु गर्न माग गर्ने छाै । प्रदेश र संघिय सरकारलाई पनि बजेट व्यवस्थापन सहित चाडाे पिचकाे काम अघि बढाउन अपिल गरिने छ । रारा ताल जाने पर्यटकीय मार्गकाे स्तराेन्नतीमा सबै सराेकारवाला गम्भीर हुन जरुरी छ ।’
२०६९ सालमा संचालनमा आएकाे नाग्म-गमगडी सडककाे ६ किमी क्षेत्र डेढ दशकपछि कालाेपत्रे भएकाे छ । तर बीच खण्ड राेकायाबाडादेखि मालिकाबाेता सम्म मात्रै कालाेपत्रे भएपछि जिराेप्वाईन्ट क्षेत्रमा पर्ने हिमा गाउँपालिकाले बीचबाट नभई जिराेप्वाईन्टबाटै पिच गर्नु पर्ने माग राखेकाे हाे ।
सडक डिभिजन जुम्लालाई यथाशिघ्र जिराे प्वाईन्टबाट काम अघि बढाउन अनुराेध गरिने भएकाे छ । हिमा मंगलबार बसेकाे सर्वपक्षिय बैठकले सामाजिक कुरिती कूसंस्कार विरुद्द एकेबद्द भएर अघि बढ्ने समेत निर्णय गरेका छन् ।
यता सडक डिभिजन जुम्लाले बजेट अभावका कारण काम गर्न मुस्किल भएकाे बताउदैँ आएकाे छ ।२०७९ काे बेमाैसमी बाढीले कर्णाली राजमार्गमा क्षति गर्दा सडक स्तराेन्नतीमा भएकाे खर्च,अन्य सडक याेजनाकाे कराेडाै भुक्तानी दिनु पर्ने दायित्व बाँकी रहेकाे जनाएकाे छ ।
चालू आर्थिक वर्षकाे बजेटमा नाग्म-गमगडी सडक कालाेपत्रेका लागि छुट्टै बजेटकाे समेत व्यवस्थापन छैन् । बजेट भएकाे खण्डमा कालाेपत्रेलाई अघि बढाउने सकिने सडक डिभिजन जुम्लाले जनाएकाे छ ।



