जुम्ला । हिमा गाउँपालिकाका प्राविधिक कर्मचारीहरुका लागि १४ दिने तालिम सुरु भएकाे छ । पालिकाकाे भाैतिक पूर्वाधार शाखामा कार्यरत कर्मचारीकाे क्षामता अभिवृद्दिका लागि दुई हप्ताकाे तालिम सुरु भएकाे हाे ।
आईतबारदेखि सुरु भएकाे तालिमकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उद्घाटन गरे । पालिकामा निर्माण हुने भाैतिक संरचनाहरु दिर्घकालीन र गुणस्तर बनाउन,डिजाइन स्टमेट गर्न प्राविधिक कर्मचारीलाई तालिमले टेवा पुराउने अपेक्षा गरिएकाे अध्यक्ष शाहीले बताए ।

पालिकाकै आयाेजनामा प्राविधिक कर्मचारीकाे क्षामता अभिबृद्दिका लागि तालिमकाे आयाेजना गरिएकाे हाे । तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा लागू गरि विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन सघाउ पुग्ने उपाध्यक्ष सुर्पना शाहीकाे विश्वास छ ।
हिमा गाउँपालिका ईन्जिनियर ताेरन खड्काले कर्मचारीकाे क्षामता अभिबृद्दि अत्याआबश्यक रहेकाे बताए । हिमाले प्राविधिक कर्मचारीकाे आबश्यकता पहिचान गरि तालिम दिएकाेले सिकेकाे सीप ज्ञान कार्यक्षेत्रमा लागु गर्ने उल्लेख गरे ।



