जुम्ला – तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा पुजीगततर्फ ५८.०८ प्रतिशत खर्च गरेको छ । चालुतर्फ ९१.८८ प्रतिशत खर्च गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाले आव २०८०÷८१ मा ५१ करोड २४ लाख ३७ हजार ७९७ अनुमानित बजेट ल्याएको थियो । कुल बजेटको ८०.०१ प्रतिशत खर्च गरेको हो ।
यस्तै पालिकाले आव २०८०।८१ मा १८ लाख २६ हजार आन्तरिक राजस्व सङ्कलन गरेको जनाएको छ । गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए ।
विकास निर्माणका कामलाई गति दिनका लागि पालिकाले ठुला योजनालाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् ।
संघीय विशेष, समपुरक अनुदान र प्रदेशको विशेष र समपुरक अनुदानबाट गाउँपालिकाद्धारा कार्यान्वयन भएका गौरबका योजना निर्माण भई संचालनमा आएका छन् । जसमध्ये गाउँपालिकाको प्रशासकीय भवन, तलिचौरदेखी लासीसम्म तटबन्धन निर्माण, कुडारी बजारदेखी डुङ्गि गाउँसम्म सडक स्तरउन्नती, राँसादेखी नदैगुफा सडक निर्माण,दश शैया अस्पताल निर्माणधिन अवस्था,रासाँदेखी पुरु हुँदै जुम्लाकोट मानेचौरसम्म सडक निर्माण, रारा खानेपानी योजना निर्माणधिन र वडा नं. ५ को वडा कार्यालय निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले बताइन् ।
तिला गाउँपालिकाकाको आयोजनामा तथा तातोपानी मल्टिमिडिया प्रालि जुम्लाको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले गाउँपालिकाको विकासका लागि साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन् ।
सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।



