भूमि आयाेग जुम्लाका सदस्यहरुकाे सपथ ग्रहण: नतिजामुखी काम गर्ने प्रतिबद्धता

जुम्ला । भूमि समस्या समधान आयाेग जिल्ला समिति जुम्लाका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । सरकारबाट नियुक्ती बुझेर आएका विज्ञ सदस्य सहित अन्य दुई सदस्यहरुले पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका हुन् ।

विहिबार आयाेजित एक समाराेहका बीच भूमि समस्या समधान आयाेग जुम्लाका अध्यक्ष सुरत बहादुर शाहीले सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

आयाेगका विज्ञ सदस्य सुमन आर्चाय, सदस्य (महिला) चन्द्रिका बस्नेत र खुला सदस्य धनप्रसाद उपाध्यायले सपथ ग्रहण गरेका हुन् ।

भूमिहिन दलित,सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे भूमि सम्बन्धि समस्याकाे समधान गर्न सरकारले आयाेग गठन गरि काम अघि बढाएकाे छ ।

सरकारले नियुक्त गरेका विज्ञ सदस्य,महिला सदस्य र सदस्यलाई सपथ ग्रहण गरेका हुन् ।आयाेगका अध्यक्ष सुरत बहादुर शाहीले जिल्लाका सबै सराेकारवाला निकाय संग समन्वय सहकार्य गरि जुम्लामा भुमि सम्बन्धि समस्या समधानका लागि नतिजा मुखी काम गर्ने बताए । आठै पालिकाका प्रमुख उपप्रमुख,६० वटै वडाध्यक्षसंग समन्वय गरि काम अघि बढाईने छ ।

सपथ ग्रहणमा सहभागी नेपाली काँग्रेसका कार्यबाहक सभापति कार्मा बुढा,नेकपाका विर्ख बहादुर शाही,माओबादी केन्द्रका संयाेजक नवराज न्याैपाने लगायतका दलका नेताले भूमि आयाेगलाई जनमुखी र परिणाममुखी काम गर्न सुझाव दिए । जिल्लामा रहेका भूमि सम्बन्धि समस्या समधानमा राजनीतिकरण नगर्न र दलित विपन्न र अव्यवस्थित बसाेबासीहरुकाे समस्या समधान गर्न तर्फ ध्यान दिन समेत आग्रह गरेका छन् ।

विज्ञ सदस्य सुमन आर्चायले भूमि सम्बन्धि समस्या समधान का सवाल कुनै पनि राजनीतिक रंग नदिईने प्रतिबद्दता व्यक्त गरे । विगतमा भएका कामकाे समीक्षा गर्दै अब परिणाम मुखी काम गर्ने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले जुम्लामा अन्य जिल्लाकाे तुलनामा भुमि सम्बन्धि समस्या नभएपनि जिल्लाका भुमिहिन दलित,अव्यवस्थित बसाेबासीकाे समस्या समधान गर्न शुभकामना दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस