‘बजेट अभावले कुनै याेजना राेकिदैनन्, जुम्लामा यसै वर्ष कराेडाै बजेट आउँछ’: मन्त्री यादव

जुम्ला । खानेपानी मन्त्री प्रदिप यादवले जुम्लाका तीन पालिकाले खानेपानी विकास तथा सरसफाईमा फड्काे मारेकाे बताएका छन् । सुस्वा परियाेजना तथा सरकारकाे सहकार्यमा खानेपानी विकासमा जुम्लाका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाले उल्लेखीय काम गरेकाे बताएका हुन् ।

हिमा गाउँपालिकाकाे दियार गाउँमा कर्णाली प्रदेशमै पहिलाे पटक आयाेजना गरिएकाे वास सम्मेलनमा सहभागी हुन जुम्ला आएका मन्त्री यादवले जुम्लाकाे खानेेपानी विकासमा बजेटकाे अभाव हुन नदिने र चालू आवमै जुम्लामा खानेपानी विकासमा कराेडाै बजेट पठाउने घाेषणा गरेका छन् ।

अब बजेट अभावमा जुम्लामा खानेपानीका आयाेजना अलपत्र पर्ने छैन् । मन्त्री यादवले भने,’जुम्लामा बृहत्त खानेपानी आयाेजना निर्माण गर्न बजेट चालू आवमै पठाउने छाै। तपाइहरु डिपिआर दिनुहाेस् हामी आयाेजनाकाे स्राेत सुनिश्चित गरेर पठाउँने छाै । जुम्ला कृषि पर्यटन,भाषा सांस्कृति संगै खानेपानीकाे स्राेतमा पनि धनी रहेछ । अब खानेपानीमा लगानी बढाउँछाै ।’

जुम्लामा वर्षाैदेखि निर्माणधिन तर बजेट अभावले अलपत्र बृहत्त धाैलिगाड खानेपानी आयाेजनालाई अब मन्त्रालयले अघि बढाउने उल्लेख गरे । १ अर्ब २६ कराेड लागतकाे आयाेजना विगतमा प्रक्रियागत हिसाबले अलपत्र परेपनि अब बजेट अभावका कारण नराेकिने दाबी गरे ।

जग्गा बिवाद स्थानीय प्रतिनिधिलाई सल्टाउन सुझाव दिए । साथै सिंजा क्षेत्रका ४० हजार नागरिक लाभान्वित हुने गरि डिपिआर तयार भईसकेका हिमा र कनकासुन्दरीकाे बृहत्त खानेपानी आयाेजना अघि बढाउन चालू आवमै स्राेत सुनिश्चित गर्ने उल्लेख गरे।


हजाराै नागरिकका बीचमा मन्त्री यादवले दाेहाेर्याएर भने,’ढुक्क हुनुहाेस् अब धाैलिगाड एक वर्षमा बन्छ । बजेटकाे चिन्तै नलिनुहाेस् । बजेट अभावमा जुम्लाका कुनै पनि खानेपानी आयाेजना राेकिने छैनन् । चालू आवमै बजेट विनियाेजन हुन्छ । नयाँ आयाेजनाका डिपिआर दिनुहाेस्,स्राेत सुनिश्चित गरेर पठाउने जिम्मा मेराे भयाे । धाैलिगाड आयाेजना हिमा र कनकासुन्दरीका दुबै आयाेजना यसैेवर्षबाट अघि बढ्छन् । यसै वर्ष जुम्लामा कराेडाै बजेट आउँछ ।’

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सिमित स्राेत साधनका बीच पनि हिमाका ११ सय बढी घरधुरीमा एक घर एकधारा निर्माण गरेकाे बताए । उनले भने,’मन्त्री ज्युकाे प्रतिबद्दतानुसार जुम्लाकाे खानेपानी विकासमा प्रयाप्त बजेट आउने छ । हिमाले ४० कराेडकाे बृहत्त हिमा खानेपानी आयाेजनाकाे डिपिआर तयार गरेकाे छ । उस्तै लागतकाे याेजना कनकासुन्दरीमा छ । अब परिणाम मुखी कामकाे अपेक्षामा छाै । आयाेजना निर्माणपछि फेरि मन्त्री ज्युलाईनै बाेलाउने छाै ।’

साथै वास सम्मेलनले सिंजा क्षेत्रका तीन पालिकामा खानेपानीकाे विस्तार,सरसफाई लगायतका क्षेत्रमा आमूल सुधार गर्ने लक्ष्य सहित ११ बुँदे हिमा घाेषणा पत्र समेत जारी गरिएकाे छ ।

खानेपानीका संरचनाकाे दिगाे गर्न, पानीका स्राेतकाे संरक्षण तथा याेजना निर्माण गरि घरघरमा खानेपानी विस्तार तीनै पालिका एकजुट हुने घाेषणा पत्रमा उल्लेख छ ।

दिगो सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापनको लागि आ-आफ्नो गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन को भावनालाई आत्मसाथ गर्दै गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता इकाई लाई स्थायी शाखाको रुपमा स्थापना गर्नेछौं ।

नमूना घर, नमूना समुदाय, नमूना विद्यालय, र नमुना वडाको अवधारणा अबलम्बन गर्दै स्थानीय सरकारलाई लाई पूर्ण सरसफाइ उन्मुख तथा मर्यादित महिनावारी व्यवस्थापनयुक्त क्षेत्र बनाउन सूचकहरु तयार गरी लागु गर्ने भन्ने कुरा घाेषणापत्रमा उल्लेख छ ।

साथै जुम्लाकै पहिलाे बस्तीका रुपमा हिमा गाउँपालिका वडा नं १ दियारगाउँकाे तल्लाे बस्तीलाई पूर्ण सरसफाई उन्मुख बस्ती घाेषणा गरिएकाे छ । ७० घरधुरी रहेकाे उक्त गाउँमा एकघर एक धारा पुगेकाे छ । भने निर्धारित सबै सूचक पूरा गरेपछि तल्लाे बस्तीलाई पूर्ण सरसफाई उन्मुख बस्ती घाेषणा गरिएकाे हिमा गाउँपालिका वास संयाेजक सुमिता शाहीले बताईन् ।

खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्या बर्जाचार्य,विभागका सचिव उमेश श्रेष्ठ,जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चाय,सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल,कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामाेदर प्रसाद आर्चाय,लगायतका बक्ताले सिंजाका तीन पालिकाले खानेपानी विकास तथा सरसफाई व्यवस्थापनका लागि नमुना काम गरेकाे बताएका छन् ।

जुम्लाका सराेकारवाले जिल्ला व्यापी ठुला आयाेजना निर्माणका लागि मन्त्रालय आबश्यकतानुसाा बजेट पठाईदिन समेत माग गरिएकाे छ । विशेषगरी धाैलिगाड खानेपानी आयाेजनामा तत्काल बजेट व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् ।

फिनल्याण्ड सरकारकाे सहयाेगमा जुम्लाकाे हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा सुस्वा परियाेजना लागू भएकाे छ ।

खानेपानी सरसफाइ तथा स्वच्छताको सवाल मानव स्वास्थ्यका लागि महत्वपूर्ण विषय हो भन्ने कुरालाई हृदयङ्गम गरी सन २०३० को अन्त्यसम्ममा सबैलाई खानेपानी, सरसफाई र स्वच्छताको सुविधा पुर्याउने राष्ट्रिय लक्ष्यलाई आत्मसात गर्दै, जुम्लाको सिंजा भ्याली भित्रका तिन वटा स्थानिय सरकारहरु हिमा, सिजा र कनकासुन्दरी गाउपालिकाहरुद्वारा संयुक्तरुपना वास सम्मेलनकाे आयाेजना गरेको हाे ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस