जुम्ला । जलवायू परिवर्तनका असरबाट अनुकुलित हुनका लागि समुदायका अगुवाकाे प्रयास तथा अभ्यासहरु अपेक्षाकृत हुन नसकेकाे बताएका छन् ।
जलवायू परिवर्तनले हिमाली क्षेत्रकाे बहुआयामिक क्षेत्रमा असर गरेर पनि समुदायमा अगुवाहरुले साेचे जस्ताे अनुकुलनका काम गर्न नसकेकाे बताएका हुन् ।
जुम्लामा जारी हिमाली संवादकाे दाेस्राे दिनकाे पहिलाे शत्र- ‘समुदायको अगुवाईमा भएका अनुकुलन अभ्यासहरु’ विषयक शत्रमा बाेल्ने बक्ताले सिमित स्राेत साधनका बीच जलवायू अनुकुलनका लागि काम गरेपनि प्रयाप्त नभएकाे बताएका छन् ।
वक्ता पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशाेर न्याैपानले दुई दशकदेखि पेश नेपालले जलवायू अनुकुलनका क्षेत्रमा काम गर्दै आएकाे बताए ।
समुदायलाई जलवायू प्रभावसंग जुद्नका लागि शसक्त बनाउने काम गरिरहेका छाै । उनले भने,’प्राङग्रारिक जिल्लामा विषादीकाे प्रयाेग बढेकाे छ । अब सरकारी तथा गैरसकारी पक्षकाे मुख ताकेर मात्रै हुदैन् । सबैले अनुकुलित अभ्यास गर्नु पर्छ ।’
कृषि पाठशालाकी संचालक पातारासीकी चन्द्रादेवी बुढाले जलवायू मैत्री खेती गरेर बालबालिकाे पाेषण बृद्दिमा जाेड दिएकाे बताईन् । तर सबै समुदायलाई कृषि पाठशालामा जाेड्न नसकेकाे उल्लेख गरिन् ।
सामुदायिक वन उपभाेक्ता महासंघ जुम्लाका अध्यक्ष गाेर्कण प्रसाद चाैलागाँईले सामुदायिक वनका उपभाेक्तालाई जलवायू अनुकुनमा जाेड प्रयाप्त चेतना बृद्वि हुन नसकेकाे बताए ।
उनले भने,’ जिल्लामा २०६ सामुदायिक वन छन् । जसमध्य ११४ वटा वन मात्रै महासंघमा आबद्व छन् । जलवायू अनुकुलन यसका असरका बारेमा पहिला सिकाउने त्यसपछि राेकथामका अभियान चलाउन आबश्यक छ ।’
अपांग पुर्नस्थापना केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण चाैलागाँईले जलवायू परिवर्तनले अपांगता भएका बालबालिकामा प्रत्यक्ष असर परेकाे बताए । जतिसुकै बहस गरेपनि नीतिगत रुपमा अपांगता भएका व्यक्ति पर्न नसकेकाे उनकाे गुनासाे छ ।
अन्य बक्ता पल्लब रेग्मी,खुश्बु पाैडेलले आफ्नाे संस्थाले जलवायू अनुकुलनका क्षेत्रमा गरेका अभ्यासहरुका विषयमा प्रकाश पारे । उनिहरुले समुदायकाे हातेमालाे बिना अपेक्षाकृत रुपमा जलवायू अुनुकलनका काम गर्न कठिनाई हुने उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरुले वक्ताहरुलाई प्रश्न गर्दै जलवायू अनुकुलनका क्षेत्रमा कुनै पनि निकायले परिणाममुखी काम गर्न नसकेकाे गुनासाे पाेखे । जलवायू अनुकुलनमा सबै समुदायकाे सहभागिता हुने गरि कार्यक्रम संचालन गरिनु पर्नेमा जाेड दिए ।



