सामाजिक विकासमा हिमाकाे फड्काे: ७ वटै वडा बाल विवाहमुक्त, पालिका घाेषणाकाे तयारी

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकाले पालिकालाई नै सामाजिक विकृतीका रुपमा रहेकाे बाल विवाहमुक्त पालिका घाेषणा गर्ने तयारी थालेकाे छ । जुम्लाकै पहिलाे पालिकाका रुपमा बालविवाह मुक्त पालिका घाेषणा गर्ने हिमाकाे तयारी छ ।

उक्त तयारी स्वरुप विवाह न्युनिकरणका क्षेत्रमा हिमाले थुप्रै उपलब्धीहरु हासिल गरिसकेकाे छ । फल स्वरुप हिमाका सात वटै वडा बालविवाह मुक्त घाेषणा भईसकेका छन् ।

वैशाख २९ गते हिमा गाउँपालिका वडा नं ६ बालविवाह मुक्त घाेषणा भएसंगै हिमाका सबै वडा बालविवाह मुक्त भएका छन् । हिमाका ७ वटा वडा मध्य ६ वटा वडा यश अघिनै विभिन्न मितिमा बालविवाह मुक्त वडा घाेषणा भईसकेका छन् । सातै वडा र वडाभित्र पर्ने सबै बस्ती बालविवाह मुक्त भईसकेकाले समग्र गाउँपालिकालाईनै बालविवाहमुक्त पालिका घाेषणा गर्न हिमालाई मद्वत पुगेकाे छ ।

नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त राष्ट् घाेषणा गर्ने सरकारकाे लक्ष्यनुसार हिमाले सामाजिक सशक्तिकरणका कार्यक्रमलाइ निरन्तरता दिएर सबै वडा बालविवाह मुक्त वडा घाेषणा गर्न सफल भएकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

सबैकाे साथ सहयाेग र सामाजिक सेचतना विस्तारकाे उपलब्धी स्वरुप सबै वडा बालविवाह मुक्त घाेषणा भएका छन् । उनले भने,’अबकाे तयारी र ध्यान केन्द्रि्त पालिकालाई कसरी बालविवाह मुक्त घाेषणा बनाउने भन्नेमा छ । छिटै घाेषणा गर्ने गरि तयारीमा छाै । विद्यमान सामाजिक विकृतिका रुपमा रहेकाे बालविवाह समुक्त समाज निर्माणमा हिमालाई कर्णालीकै पहिलाे बनाउने साेच छ । साेहीनुसार काम गरिरहेका छन् । ‘

बालविवाह विरुद्धकाे काम सुरु गर्दा ७० प्रतिशत बालविवाह रहेकाे हिमामा अहिले त्याे सख्या झरेर शन्यमा पुगेकाे हिमा गाउँपालिकाकाे दाबी छ । यदपी जनस्वास्थ्य कार्यालयका विभिन्न तथ्यांकले विगतकाे तुलनामा घटेपनि बालविवाह आठै पालिकामा हुने गरेकाे देखाउँछ ।

हिमामा बालविवाहका असर,चुनाैती र उमेर पुगेर विवाह गर्दा शिक्षा,स्वास्थ्य,राेजगारका क्षेत्रमा हुने फाईदाका विषयमा गाउँँगाउँमा पुगेर सचेतीकरण कार्यक्रमकाे उपलब्धी स्वरुप सबै वडा बालविवाह मुक्त बनेकाे गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीकाे भनाई छ ।

वडाका सबै सूचक पूरा गरेर वडा बालविवाह मुक्त भएका छन् ।अब पालिका घाेषणाका सबै सूचक माथि वडातहमा कार्यक्रम चलाएर चाडै पालिकालाईनै घाेषणा गरेरै छाड्ने अध्यक्ष शाहीकाे संकल्प छ ।

बालविवाहका असरबारे गाउँ गाउँका किशाेर किशाेरीनै सचेत रहेकाले बालविवाह विरुद्धका अभियान चलाउन पालिकालाई सहज भएकाे समेत उल्लेख गरे ।

साेमबार हिमा-६ पाथरखाेलामा आयाेजित बालविवाह मुक्त वडा घाेषणा कार्यक्रममा सहभागी नेकपा माओवादी,नेकपा एमाले लगायतका दलका नेता सराेकारवालाले हिमाले पछिल्लाे समय सामाजिक सशक्तिकरणका क्षेत्रमा गरेकाे काम प्रसंशनीय रहेकाे बताएका थिए ।

केही वर्षअघि मुख्य सामाजिक समस्यायाका रुपमा रहेकाे बालविवाह न्युनिकरण गर्न पालिकाकाे अभियान आम नागरिक अगुवा,किशाेर किशाेरीकाे साथले हिमा सामाजिक विकासका क्षेत्रमा जिल्लाकै अब्बल कहलिएकाे छ ।

बालविवाह न्युनिकरण,खानेपानी विकास,सरसफाई,महिला उद्यमशीलताका क्षेत्रमा हिमाले गरेका कामहरु अनुसरणयाेग्य रहेका छन् ।अशिक्षा, गरिबी, सामाजिक संस्कार,देखासिकी र प्रविधिको दुरुपयोगले बढेकाे बालविवाह अहिले सुन्यमा झरेकाे छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस