जुम्ला – तिला गाउँपालिकाको गाडी तोडफोड गरिएको छ । गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया चढ्ने गाडी अज्ञात समुहले तोडफोड गरेको हो । बुधबार पालिकाको –४ वडाले आयोजना गरेको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा पार्किङ गरिराखेको गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए ।
भर्खरै पालिकाले कम्पनीबाट नयाँ गाडी खरिद गरेर ल्याएको थियोे । गाडीको नम्बर पनि हालेको छैन । सरकारी गाडीमा ढुंगा प्रहार गरेर पछाडीको सिसा फुटाइएको छ । अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेको गाउँपालिकाका अध्यक्ष रोकायाको भनाइ छ ।
पालिकाको स्कारपियो गाडीलाई ढुंगाले हानेर तोडफोड गरिएको आफुमा जानकारी आएको छ । गाडीमा तोडफोड गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले बताए ।
प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार



