जुम्ला । चन्दननाथ नगरपालिका वडा नं ८ जातिभिड गाउँकाे सिरानमा रहेकाे चराबास्ने चाैरलाई पर्यटकीय गन्तव्यका णणेरुपमा विकास गर्न माग गरेका छन् । सडककाे पहुच विस्तार भएसंगै उक्त क्षेेत्रमा नागरिककाे दैनिक आगमन बढिरहेकाे र प्राकृति सुन्दरताले भरिपूर्ण चराबास्ने चाैरलाई पर्यटकीय गन्तव्य बनाउन माग गरिएकाे हाे ।
चराबास्ने चाैर पछिल्लाे समय पिक्निक स्पाेर्टका रुपमा प्रचित छ । उम्गाड,जातिभिड-छकल्यापानी जाेड्ने दुई लेनकाे सडक निर्माण भएपछि त्यसक्षेत्रमा पुग्ने आन्तरिक पर्यटककाे आमगन बढेकाे छ । रणनीतिक सडक आयाेजना अन्तर्गत सडक डिभिजन जुम्लाले उम्गाड-छकल्यापानी सडक निर्माण भएकाे हाे ।
उक्त सडकले चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिकालाई जाेड्ने छ । सडककाे पहुँच विस्तारपछि चराबास्ने चाैरमा दैनिक आन्तरिक पर्यटककाे आमगन बढेपनि उक्त क्षेत्रमा आबश्यक पूर्वाधार नबन्दा समस्या भएकाे छ ।
स्थानीय भिम बहादुर थापाले चराबास्ने चाैरकाे पर्यटन प्रर्बद्वनका लागि गत शनिवार बृहत्त वनभाेजकाे आयाेजना गरे । चन्दननाथ-८ का वडाध्यक्ष सहित रुप बहादुर राेकाया सहित करिब ५० जनाकाे सरकारी टाेलीले चराबास्ने क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आबश्यक रहेकाेमा जाेड दिए ।
भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका थापाले भने,’चराबास्ने चाैर यस क्षेत्रकाे प्रसिद्व क्षेत्र हाे । यहाँ दैनिक रुपमा नागरिककाे भिड हुन्छ । विदाकाे समयमा विद्यालयकाे देखि अन्य समुहकाे वनभाेज गर्नेकाे भिड हुन्छ । खानेपानी स्राेत प्रशस्त छ । चाैर छेउमै सडक पुगेकाे छ । तर चराबास्ने क्षेत्रमा पूर्वाधार नबन्दा घुम्न आएकालाई पानी पर्दा ओत लाग्ने ठाउँ छैन् । त्यसैले चराबास्ने क्षेत्रमा पूर्वाधार बनाउनु पर्ने हाम्राे माग छ ।’
पूर्वाधार निर्माण सहित प्रचार प्रशारमा जाेड दिएका चराबास्ने चाैर खाली पाटन,चेरे चाैर,धिमी र गुठिचाैर उपत्यका जत्तिकै प्रसिद्ध पर्यटन गन्तव्य बन्ने सम्भावना रहेकाे स्थानीयहरु बताउँछन् ।
वडा भित्र रहेका आन्तरिक पर्यटन गन्तव्यकाे पहिचान गर्न नसक्दा पर्यटन प्रर्बद्वन हुन सकेकाे छैन् । हरेक शनिवार खाली,चेरे,गुठिचाैरमा आन्तरिक पर्यटककाे भिड लाग्छ । तर प्राकृतिक सुन्दरताले भरिपूर्ण चराबास्ने चाैरकाे प्रचार प्रशार नहुँदा ओझेलमा परेकाे स्थानीय हरिकृष्ण महतले बताए ।
चराबास्ने क्षेत्रमा तत्तकाल धर्मशाला,पदमार्ग लगायतका पूर्वाधार बनाउनु पर्ने माग गरेका छन्। स्थानीय सरकारकाे आगामी असार १० गते ल्याउने नीति कार्यक्रम र बजेटमा चराबास्ने चाैर पर्यटन प्रर्बद्वनकाे याेजना समावेश गर्न माग गरेका हुन् ।
चराबास्ने चाैरमा दैनिक बढीरहेकाे आकर्षण र पर्यटन प्रर्बद्वनकाे सम्भावनालाई मध्यनजर गरी आगामी आवकाे नीति र बजेटमा विशेष प्रथामिकता दिईने वडाध्यक्ष रुप बहादुर राेकायाले बताए । उनले भने,’स्थानीय स्राेत साधनकाे उच्चतम प्रयाेग गरेर सबैकाे जनसहभागितामा पूर्वाधार निर्माणकाे काम अघि बढाउनु पर्छ ।
धर्मशाला,पदमार्ग,धारा,शाैचालय निर्माण गर्न जरुरी छ । यी पूर्वाधार बनाउन आगामी आवमा बजेट विनियाेजन हुन्छ ।’
२ कराेडकाे स्याउ निर्यात
जुम्लाबाट चालु आर्थिक वर्षमा ६१ कराेडकाे स्याउ निर्यात भयाे । २१ हजार मेट्रिकट स्याउ निर्यात हुँदा ६१ कराेड रुपैयाँ भित्रिएकाे थियाे । जसमध्य चन्दननाथ-८ काे जातिभिड गाउँमा मात्रै २ कराेड बढी रुपैयाँ स्याउ विक्रिबाट भित्रिएकाे वडाध्यक्ष राेकायाले जानकारी दिए ।
करिब दुई सय गाडी स्याउ जातिभिडबाट बाहिरएकाे छ । स्याउ टिप्नेदेखि प्याकिङ गर्ने,लाेड गर्नेसम्मले राेजगारी पाए । भने प्रतिपरिवारले न्युनतम १ लाखदेखि बढीमा ५ लाख सम्म कमाए । घरदैलाेमै सडककाे पहुँच पुगेकाले यहाँकाे उत्पादन बजार सम्म सहजै पुगेकाे छ ।
कृषिमा आत्मनिर्भर जातिभिड गाउँलाई पर्यटन विकासमा समेत अब्बल बनाउन पूर्वाधार निर्माण गर्न जरुरी रहेकामा वडाध्यक्ष रावलकाे जाेड छ । चराबास्ने चाैरमा घुम्न जाँदा मार्सीफाँट,स्याउँका बगैचाकाे सुन्दर दृष्यहरु समेत वर्खाकाे सिजनमा नियाल्न सकिने छ ।
हिउँदकाे समय भन्दा वर्खामा त्यसक्षेत्रमा भिड हुने गर्छ । चराबास्ने क्षेत्रकाे पर्यटन प्रर्बद्वन भएकाे खण्डमा जातिभिड गाउँकाे कृषि उत्पादनले समेत बजार पाउने आशा गरिएकाे छ ।
चराबास्ने क्षेत्रकाे पर्यटन प्रर्बद्वनमा बजेट विनियाेजन गर्ने प्रतिबद्धता गरेका वडाध्यक्ष राेकायाले सबैकाे सकरात्मक सहयाेगले दुर्गम भित्रकाे सम्भावना बाेकेकाे वडालाई नमुना बनाउन सकिनेमा समेत जाेड दिए ।
चराबास्ने क्षेत्रमा पहिलाे पटक पुगेका पत्रकार मानदत्त रावलले पनि उक्त क्षेत्रलाई पर्यटन गन्तव्य बनाउन उपयुक्त हुने धारणा राखे । सिंजा र चन्दननाथ जाेडन् सडक समेत निर्माण भईसकेकाे र चराबास्ने क्षेत्र विसाैनी स्थानका रुपमा समेत भएकाले उक्त क्षेत्रमा आबश्यक पूर्वाधार बनाउन जरुरी देखिएकाे छ ।
दैनिक भिड भईरहने तर शाैचालय,धारा बाटाे र पानी पर्दा बस्ने ठाउँ नहुँदा सास्ती भईरहेकाले नगरपालिकाले पूर्वाधार विकासमा लगानी गर्नु पर्ने उनकाे भनाई छ ।
शनिवार गरिएकाे सराेकारवालाकाे भेलाले अर्काे चराबास्ने क्षेत्रमा पर्यटन पूर्वाधार उद्घाटन गर्ने तयारीका साथ जाने आशा राखेकाे छ ।



