जुम्ला । चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले अशक्त राम बहादुर सुनारलाई व्यक्तिगत रुपमा सहयाेग प्रदान गरेकी छन् । चन्दननाथ नगरपालिका वडा नं १० निवासी ३४ वर्षिया अशक्त सुनारलाई काठ कामका लागि आबश्यक पर्ने ओैजारहरु व्यक्तिगत रुपमा प्रदान गरेकी हुन् ।
राम बहादुर सुनार केही वर्ष अघि सम्म ठिकै थिए । उनी काठ काठमा निकै पाेख्त छन् । काठ कामकाे उनकाे सीप र दक्षता पनि प्रशंसा याेग्य छन् । तर केही वर्षअघि उनकाे शरिरकाे तल्लाे भाग एकाएक नचल्ने भयाे । उपचारका लागि भारत सम्म पुगे तर उपचार सम्भव भएन् ।
समस्या थप बल्झिदै गएपछि उनकाे तल्लाे शरीर राम्ररी चल्दैन् । लाैराेकाे साहराले हिडडूल गर्छन् भने । टिन पाँग्रे स्कुटि चलाएर आउजाउ पनि गर्छन् । शारिरिक अशक्तताले पहिलाकाे जस्ताे गरि एक ठाउँदेखि अर्काे ठाउँ पुगेर काठ काम गर्न जान मात्र कठिन छैन् । आबश्यक ओैजारहरु नहुँदा समेत सीप दक्षता भएर खुम्चीनु पर्ने स्थिती सृजना भएकाे थियाे ।
राम बहादुर सुनारकाे सीप दक्षता र सामाग्रीकाे अभावलाई मध्यनजर गरि शनिवार आफ्नै घरमा बाेलाएर चन्दननाथ नगर पालिकाकि उपप्रमुख रामदेवी खड्काले काठ काम गर्दा आबश्यक पर्ने ओैजारहरु प्रदान गरेकी छन् ।
उपप्रमुख खड्काले आफ्नाे व्यक्तिगत रुपमा ३५ हजार बराबरकाे ९ प्ररकारका ओैजार ( रन्ना,ह्याम्बर,ड्रिल मेसिन,ग्राईन्डर, रामा) लगायत प्रदान गरेकी हुन् ।
राम बहादुर सुनार शारिरिक रुपमा अशक्त मात्रै छन् । तर काठ काम गर्ने सीप र कलाका दृष्टिले उनी उतिकै शसक्त छन् ।शारिक रुपमा अशक्त राम बहादुरकाे सीप कलाकाे प्रर्बद्वन गर्न घरमै बसेर भएपनि काठ काम गर्ने उनकाे चाहाना र सिपकाे सम्मान गर्दै व्यक्तिगत रुपमा सहयाेग गरेकाे चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले बताईन् । सानाे सहयाेगले उनकाे सीप कला प्रर्बद्वनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
ओैजार पाएपछि राम बहादुरकाे मुहारमा खुसी मात्र झल्कीएकाे छैन् घरमा बसेर काठ काम गरि आर्थिक उर्पाजन गर्ने आशा पनि पलाएकाे छ । उनले भने,’शारिरिक रुपमा अशक्त भएपछि वरपाेर जान नसक्ने अबस्था आयाे । ओैजार अभावकाे समस्या पनि त्यस्तै थियाे । ओैजार सहयाेग मागेकाे थिए । उपप्रमुख दिदिले सहयाेग गर्नुभयाे अब दैनिक काम गर्न सहज हुने आशा छ ।’

दलित महिला,बालबालिका तथा सिमान्तकृत समुदायकाे उत्थानका लागि काम गरिरहेकी उपप्रमुख खड्काले गरेकाे सहयाेगले काष्ठकाे प्रर्बद्वन समेत गरेकाे छ । भने उपप्रमुख खड्काले आफ्नाे पाँच वर्षकाे सुविधा समेत हिंसा पिडित महिलाकाे राहत उद्वारका लागि खर्चिने घाेषणा गरेकी छन् । हिैसा पिडित महिलालाई आश्रय दिन पूर्वाधार निर्माण सहित अन्य सेवा सुविधामा खर्चिने उनकाे भनाई छ ।




