जुम्ला – कृषि, पर्यटन र जडिबुटीलाई प्रथामिकता दिदै गुठीचौर गाउँपालिकाको गाउँ सभाको २१ औँ अधिवेशनमा ३४ करोड ७९ लाख २५ हजार ९७० रुपियाँ १९ पैसाको बजेटसहित नीति तथा कार्यक्रम पेश भएको छ ।
आर्थिक वर्ष ०८२/०८३ मा गाउँपालिकाको आन्तरिक स्रोत तर्फ ३० लाख, बित्तिय समानिकरण अनुदानमा १० करोड ७० लाख, प्रदेश सरकार बित्तिय समानिकरण अनुदानमा १ करोड १२ लाख ९९ हजार रुपियाँ रहेको छ । यस्तै संघीय राजश्व बाँडफाँड तर्फ ९ करोड ४९ लाख ४ हजार ५ सय ९ रूपैयाँ , कर्णाली प्रदेश राजश्व बाँडफाँड तर्फ १ करोड ४० लाख ४ सय ६१ रूपैया १९ पैशा र सशर्त अनुदान तर्फ १० करोड ६७ लाख रुपियाँको बजेट रहेको छ ।
सशर्त अनुदान चालू पुजि १३ लाख ४२ लाख २ हजार, कर्णाली प्रदेश शसर्त चालू अनुदान तर्फ १ करोड ३४ लाख २२ हजार, संघीय समपुरक अनदान तर्फ १ करोड ४० लाख र कर्णाली प्रदेश विशेष अनुदान तर्फ २५ लाख बजेट रहेको छ ।
जलवायु उत्थानशिलमा बढी प्रथामिकता, सुशासनमा, योजना ग्रामिण बस्तीमा पु¥याउने, डिजिटल प्रविधिबाट शिक्षण, सार्वजनिक यातायातमा सहजता ल्याउन १ र २ नम्बर वडामा सार्वजनिक बस सेवा सञ्चालन गरिने लगाएतका नीति तथा कार्यक्रम रहेका छन् ।



