हिमा गाउँपालिका स्तरीय तेस्राे पढाइ मेला सुरु: शैक्षिक गुणस्तरमा जाेड

जुम्ला । हिमा गाउँपालिका स्तरीय तेस्राे पढाइ मेला सुरु भएकाे छ। हिमा गाउँपालिका वडा नं १ देवारगाउँमा तेस्राे पढाइ मेला सुरु भएकाे हाे ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीकाे सभाध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायकाे प्रमुख आतिथ्यतामा तेस्राे पढाइ मेलाकाे उद्घाटन भएकाे छ ।

मेलामा हिमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयले आफ्नाे शैक्षिक सामाग्रीहरु प्रर्दशनीमा राखेका छन् । उत्कृष्ट विद्यालयलाई गाउँपालिकाले पुरस्तृकत समेत गर्ने छ ।

स्थानीय स्राेत साधनबाट निर्माण हुने शैक्षिक सामाग्रीहरु बनाएर विद्यालयहरुले स्टलका रुपमा राखेका छन् । कर्णालीका ७९ वटा स्थानीय तहमध्य हिमा गाउँपालिकाले सामुदायिक विद्यालयकाे शैक्षिक अबस्थालाई सुधार गर्न तथा उत्कृष्ट कार्य गर्ने विद्यालयलाई प्राेत्साहन गर्ने उदेश्यले शैक्षिक मेलालाई निरन्तरता दिईएकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

उनका अनुसार मेला असार १४ गते सम्पन्न हुने छ । तेस्राे पढाइ मेलामा हिमा गाउँपालिका भरीका सामुदायिक विद्यालय तथा स्थानीयकाे बाक्लाे सहभागिता रहेकाे छ ।

प्रकाशित मिति : २०८२ असार १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस