जुम्ला । हिमा गाउँपालिका वडा नं ३ स्थित राहदेव मावि माेफ्ला एसइइ परिक्षामा जुम्लाकै प्रथम भएकाे छ । २०८१ काे एसइइ परिक्षामा जिल्लाका ५३ वटा मावि विद्यालय मध्य हिमाकाे राहदेव मावि उत्कृष्ट अंक ल्याएर प्रथम भएकाे हाे ।
शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाकाे विवरणनुसार एसइइ परिक्षाकाे नतिजा-२०८१ ले जिल्लाका ५३ वटा मावि विद्यालयमध्य सबैभन्दा बढी (९५.३८) अंक प्राप्त गर्दै जुम्लामै प्रथम भएकाे हाे ।
समग्र जिल्लाकाे उर्तिर्ण प्रतिशत ७५.८६ हुँदा राहदेव माविकाे ९५.३८ प्रतिशत रहेकाे छ । राहदेव माविबाट परिक्षामा जम्मा ६५ जना सहभागी भएकाे ६२ जना उर्तिण भएकाे र ३ जना मात्रै अनुतीर्ण भएका छन्ए
सइइ परिक्षामा उत्कृष्ट अंक ल्याएर जिल्लामै समग्र पालिकाकाे नाम राख्न सफल राहदेव माविलाई हिमा गाउँपालिकाले पुरस्कृत गर्ने भएकाे छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले राहदेव माविलाई शिक्षा दिवसका अबसरमा पालिकाबाट पुरस्कृत गरिने बताए ।
उनले भने,’हिमामा शैक्षिक क्रान्ति सुरु गरेका छाै । निरन्तर तेस्राे वर्ष बृहत्त पढाइ मेला गर्याै । जुन नेपालकै पहिलाे हाे । याे पढाइ मेलाले विद्यार्थी निकै चेतनशील र मेहनती बन्दै गएका छन् । त्यसकाे परिणामनै एसइइकाे नतिजा हाे । यसमा हामी खुसी छाै ।’
प्रथम हुने विद्यार्थीलय हाैसला दिन र अन्य विद्यालयलाई प्रेरणा मिलाेस भन्नका लागि पुरस्कृत गर्ने याेजना बनाईएकाे अध्यक्ष शाहीले जानकारी दिए ।
२०८१ काे एसइइ परिक्षामा जुम्लाका ५३ मावि विद्यालयबाट कूूल २ हजार ५१० जना विद्यार्थी सहभागी भएका थिए ।
जसमध्य एक हजार ९ सय ४ जना विद्यार्थी उर्तिण भएका छन्। भने ६०६ जना विद्यार्थी अनुतीर्ण भएका हुन् । जिल्लाका कुल विद्यार्थी मध्य ७५.८६ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।



