मणिसाँघुमा वडाको प्रशासकीय भवन निर्माण

जुम्ला – गुठीचौर गाउँपालिका – १ मणिसाँघुमा वडाको प्रशासकीय भवन निर्माण भएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले वडाको प्रशासकीय भवन निर्माण गरेको हो ।
भ्याटसहित एक करोड बजेटको ठेक्का भएपनि नियम अनुसार ठेकेदारले अटिअटाउ ४७ लाख बजेटमा वडाको प्रशासकीय भवन निर्माण भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।


यहाँका ८ स्थानीय तहका ६० वटा वडा कार्यालय रहेका छन् । ६० वटा वडा कार्यालय मध्ये अधिकांश भाडाका घरमा छन् । तर गुठीचौर गाउँपालिका – १ नम्बर वडा कार्यालय आफै प्रशासकीय भवन निर्माण गरेर सेवा प्रवाह गरेको छ ।


वडाध्यक्ष अर्जुन कुमार महताराका अनुसार पाँच वर्षे कार्यकालमा आफ्नै प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह गर्ने लक्ष्य राखेका थियौँ । उनले भने, जो पुरा भएको छ । ४ कोठे एक तले भवन निर्माण गरेका छौँ । अझै डेढ वर्ष कार्यकाल बाँकी छ । दोस्रो तला पनि निर्माण गर्ने योजना बनाएका छौँ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस