एमाले नेतृत्वप्रति प्रकाशचन्द्रको टिप्पणी, जुम्ला भोटिङ भुगोल मात्रै हो

जुम्ला – जुम्लाका बृद्धिजिवि शिक्षाविद् प्रकाशचन्द्र खत्रीले नेकपा एमाले नेतृत्वप्रति कडा टिप्पणी गरेका छन् । जुम्ला बहुमुखी क्याम्पस जुम्लाका प्रमुखसमेत रहेका खत्रीले सामाजिक सञ्चालमा भनेका छन् जुम्ला केवल भोट दिने भुगोल मात्रै हो ।
नेकपा एमालेको एघारौँ महाधिवेशनबाट ३०१ केन्द्रीय सदस्य र ११० समानुपातिक नाम छनोट हुँदा पनि जुम्ला जिल्लाबाट एकजना पनि नपर्नु के संयोग हो ? कि जुम्ला एमालेका लागि केवल भोट दिने भूगोल मात्र हो ? उनले नेतृत्वप्रति प्रश्न गरेका छन् ।
संघर्ष, योगदान र बलिदानको इतिहास बोकेको जुम्ला जिल्लालाई बारम्बार शून्यमा सीमित गर्नु के नेतृत्वको दृष्टिदोष हो कि नियोजित अवमूल्याङ्कन ?
उनले भने, यदि केन्द्रमा जुम्लाको आवाज आवश्यक छैन भने, चुनावमा जुम्लाको भरोसा किन ? यो अपमानजनक बेवास्ताप्रति गहिरो दुःख र खेद प्रकट गर्दछु । यो कसैप्रति लक्षित नभएर सिङ्गो नेतृत्वप्रतिको आम जुम्लीवासीको गम्भीर प्रश्न हो ।

यस्तै समानुपातिक उम्मेदवारको बन्द सुचिमा नेपाली कांग्रेस जुम्लाबाट पनि परेका छैनन् ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस