जुम्ला । जिल्ला समन्वय समितिको नवौ जिल्ला सभा नौ वटा निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिद्वारा आयोजित नवौ जिल्ला सभाले जिल्लाको अधुरा पूर्वाधार विकास, अन्तरपालिका जोड्ने सडक निर्माण, संघीय खानेपानी आयोजनाको कार्यालय पुनस्थापनाको पहल गर्ने लगायतका ९ वटा निर्णय गरिएको छ ।
नदीजन्य वस्तुको उत्खननमा कडाई गर्ने,आठै पालिकाको एतिहासिक महोत्व झल्किने, पर्यटन प्रर्बद्वनमा टेवा पुग्ने गरी तथ्यांक सहित पाश्र्वचित्र तयार पार्ने,पुराना समन्वय समितिको भवन भत्काएर निस्केको काठ, ढुंगा,जस्ता लगायत अन्य सामग्री लिलाममा विक्रि गर्ने र चालु आवको आयव्याय अनुमोदन तथा आगामी आवको प्रस्ताविक बजेट समेत पारित गर्ने लगायतका नौ वटा निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।

पूर्व सांसद कान्तिका सेजुवालको प्रमुख आतिथ्यतामा नवौ जिल्ला सभाको उद्घाटन शत्र संचालन भएको थियो । सभामा जिल्लाका आठै पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको सहभागिता रहेको थियो ।
स्थानीयतहको कार्यसम्पादनलाई जनमुखी बनाउन सबैको साथ समन्वय सहकार्य अपरिहार्य रहेकोमा सबै सरोकारवालाले जोड दिएका थिए । निर्णय सधै गर्ने तर कार्यान्वयनमा ध्यान नदिने समस्याले अपेक्षाकृत काम हुन सकेका छैनन् । जिल्ला सभाले गरेका निर्णय कार्यान्वयन निकै चुनौती पूर्ण रहेका छन् ।

आठौ जिल्ला सभाले पनि गिट्टि बालुवा उत्खननमा रोक लगाउने, अधुरा आयोजना अघि बढाउने, अलपत्र सभाहल बनाउने, धौलिगाड खानेपानी आयोजनालाई गति दिने भनिएपनि हालसम्म कुनै पनि काम भएका छैनन् । समन्वय सहकार्यको अभावले सभाले गरेका निर्णय कार्यान्वयनमा निकै चुनौती आएको छर
नवौ जिल्ला सभाका नौ निर्णय यस्ता छन्






