उडान रद्द हुँदा अलपत्र यात्रुलाई लोकतान्त्रिक होटल व्यवसायी संघको सहयोग

 मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण नेपालबाट त्यस क्षेत्रतर्फ हुने विभिन्न हवाई उडानहरू रद्द भएका छन् । उडान रद्द भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरू समस्यामा परेका छन् ।

अवस्थालाई मध्यनजर गर्दै लोकतान्त्रिक होटल व्यवसायी संघले मानवीय सहयोग प्रदान गर्न अग्रसरता देखाएको छ । संघका अनुसार, उडान रद्द भएर विमानस्थलमा अलपत्र परेका यात्रुहरूका लागि खाना तथा बसोबासको व्यवस्था मिलाउन संघका सदस्यहरूबिच समन्वय भइरहेको छ । अप्ठ्यारो परिस्थितिमा परेका यात्रुहरूले केही राहत महसुस गरून् भन्ने उद्देश्यले यो पहल गरिएको संघले जनाएको छ ।

संघले एक सूचना जारी गर्दै समस्यामा परेका यात्रुहरूलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न अनुरोध गरेको छ । साथै, संघले सम्पर्क व्यक्तिहरूको फोन नम्बरसमेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस