जुम्ला । प्रगतीशील लोकतान्त्रिक पार्टी नेता मनऋषि धितालले ´२२२ खुला आँखा अभियान`को घोषणा गरेका छन् । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसंगै धितालले अभियानको घोषणा गरेका हुन् ।
शुक्रबार प्रेस वक्तव्य जारी गर्दै प्रलोपा नेता धितालले प्रधानमन्त्री शाह लगायत मन्त्रीलाई बधाई समेत ज्ञापन गरेका छन् । नेपाली समाज र राजनीतिको लोकतान्त्रिकरणमा बि पी , पुष्पलाल देखि जेंजी आन्दोलनसम्मका सबै सकारात्मक स्पिरिटहरुको सम्मान गर्दै नेपाली जनताको सुशासन र आर्थिक समृद्दीको सपना पुरा गर्न बर्तमान सरकार सफल र प्रतिबद्द हुनेछ भन्ने पूर्ण बिस्वस्त रहेको उनको भनाई छ ।
“२२२ खुला आँखा अभियान” जेंजी आन्दोलनको परिणाम स्वरुप भएको निर्वाचनको गर्वबाट जन्मेको राजनीतिक सामाजिक अभियान भएकाले यो अभियानले बर्तमान सरकारलाइ गुण र दोषका आधारमा समर्थन तथा आलोचना उल्लेख गरे । २२२ खुला आँखा अभियानको संयोजक धिताल आफै छन् ।
यस्तो प्रेस बक्तव्य
प्रेस बक्तब्य
सम्माननीय प्रधानमन्त्रि बालेन्द्र शाह तथा उहाको मन्त्रिपरिषदलाइ “२२२ खुला आँखा अभियान”का तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ। साथै जनस्तरबाट २२२ खुला आँखा अभियान आजकै मिति देखि सुरु भएको जानकारी पनि गराउदछौ।
नेपाली समाज र राजनीतिको लोकतान्त्रिकरणमा बि पी , पुष्पलाल देखि जेंजी आन्दोलनसम्मका सबै सकारात्मक स्पिरिटहरुको सम्मान गर्दै नेपाली जनताको सुशासन र आर्थिक समृद्दीको सपना पुरा गर्न बर्तमान सरकार सफल र प्रतिबद्द हुनेछ भन्ने पूर्ण बिस्वास छ। नयाँ सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने र शासकीय सुधारका १०० कार्यसूची पारित गर्ने निर्णय गरेकोमा त्यसको स्वागत गर्दछौ।
पुराना राजनीतिक दलहरुको संसदमा उपस्थिति रहे पनि उनीहरुमा कुनै नैतिक मानक कायम नरहेकोले उनीहरुले प्रतिपक्षि दलको राजनैतिक धर्म निर्बाह गर्न असफल हुने निश्चित छ। त्यसैले संसदमा उपस्थिति नरहेपनि नयाँ बैकल्पिक प्रगतिशील राजनीतिक धारका दलहरुले नै प्रतिपक्षि दलको भूमिका सडकबाट निर्बाह गर्नु पर्ने आवश्यकता देखिएको छ।
“२२२ खुला आँखा अभियान” जेंजी आन्दोलनको परिणाम स्वरुप भएको निर्वाचनको गर्वबाट जन्मेको राजनीतिक सामाजिक अभियान भएकाले यो अभियानले बर्तमान सरकारलाइ गुण र दोषका आधारमा समर्थन तथा आलोचना गर्ने छ। साथै दुर्गम पहाडी तथा हिमाली जिल्लाहरुमा गत चुनावमा बैकल्पिक राजनीतिक दलहरुको प्रभाव पुग्न नसकेकोमा ती जिल्लाहरुमा ब्यापक जागरण अभियान पनि संचालन गरिनेछ।
नव युवाहरुको आन्दोलन पछि नेपाली जनतामा बैकल्पिक राजनीतिक दलहरुप्रतिको आकर्षणलाइ सस्थागत गर्न र सडकबाटै बलियो प्रतिपक्षि भूमिका निर्बाह गर्न “सडक छाँया सरकार” र सडक संसद “संगसंगै” निर्माण गरेर नेपालको नयाँ राजनैतिक रुपान्तरणलाइ अगाडि बढाउन हार्दिक अपील गर्दछौ।
नयाँ “सडक संसद”ले १६५ वोटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित संसद सदस्यको प्रतिपक्षि भूमिका निर्बाह गर्ने र सडक “छाँया सरकार”ले बर्तमान पूर्ण बहुमतको सरकारलाइ गुण र दोषको आधारमा सहयोग र आलोचना गर्ने जनस्तरको राजनीतिक अभियान हुनेछ। यो अभियानले आगामी दिनहरुमा युबा नेत्रित्वो निर्माणको बन्ध्याकरण गरिएका र नैतिक मानक भत्किएका दलहरुको प्रभावबाट जनताको आलोचनात्मक राजनैतिक चेतनालाई सुरक्षित राख्ने र हाल सरकार संचालन गरेको दल र नेताहरुलाई निर्दलीय बन्नबाट रोकेर बहुदलिय लॉकतन्त्रको रक्षा गर्ने अभियान बन्नेछ।
जनताको ताजा जनादेश बमोजिम साहसी र जनपक्षिय निर्णय गर्न बर्तमान सरकारलाइ सुझाव दिदै २०४८ देखि सरकारको उच्च ओहदामा रहेर जिम्मेवारी निर्बाह गरेकाहरु सबैको तीनपुस्ते सम्पति जाचबुझ गर्न र हालसम्मका सबै भ्रस्टाचार काण्डहरुमा सुन्य सहनशीलता अपनाउदै कारबाही अगाडी बढाउन खबरदारी पनि गर्दछौ।
धन्यबाद
संयोजक
मनऋषि धिताल
२२२ खुला आँखा अभियान



