जुम्ला । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसका अबसरमा जुम्लामा फलफूल वितरण गरिएको छ । सोमवार दिवसका अबसरमा एक कार्यक्रम गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुत्केरी महिलालाई फलफूल बाडिएको हो ।
सुत्केरीलाई फलफुल वितरण संगै पत्रकारहरु शुभकामना आदान प्रदान गरी दिवस मनाईएको नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले बताए । अध्यक्ष चौलागाँईले दिवसको अबसरमा सबै पत्रकारहरुलाई शुभकामना व्यक्त गरे
उनले श्रम जीवि पत्रकारहरुको छातासंगठन नेपाल पत्रकार महासंघलाई दलिय राजनीतिबाट मुक्त गराई क्रियाशिल पत्रकारहरुको संस्था बनाउन सबै लाग्नु पर्नेमा जोड दिए।

महासंघको केन्द्रबाट भएको सर्कुलर।अनुसार विभित कार्यक्रम गरी मनाउने भनिएकोमा जुम्लामा सुत्केरीलाई फलफुल वितरण गरिएको हो ।
प्रतिष्ठानमा रहेका १३ जना सुत्केरी महिलालाई पहेला पाकेका फलफूल खानुपर्छ भन्ने सन्देश सहित केरा र सुन्तला वितरण गरिएको छ ।



