जुम्ला । सरकारले जुम्लाका चार वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृा खटाएको छ । यहाँका आठ स्थानीय मध्य चार स्थानीयमा नयाँ हाकिम आउने भएका हुन् ।
आठ पालिका मध्य सिंजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका र पातारासी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाईएको छ ।
जसमा सिंजामा सुरेन्द्र सिंह, हिमामा जालन्धर भूसाल,तिलामा मिनराज थापा र पातारासी गाउँपालिकामा हेम शर्मा चापागाईलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाईएको छ ।
सबै शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पालिकामा पठाईएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र २० गते बिहिवार



