प्रदेश प्रमुख जोशीद्वारा उद्घाटन, हिमाको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता सुरु

जुम्ला।  हिमा गाउँपालिकाको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हिमाका सबै विधालयको सहभागितामा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।

हिमा गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । दुर्गम ओदीमा पुगेर प्रदेश प्रमुख जोशीले प्रतियोगिता उद्घाटन गरे । 

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको अध्यक्षता र प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको छ । 

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले हिमाले शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासका लागि गरेको काम प्रसंसनिय रहेको बताए । प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमामा आउने अबसर जुटाएकोमा हिमा अध्यक्षलाई प्रमुख जोशीले धन्यबाद समेत व्यक्त गरे । 

खेलका माध्यमबाट बालबालिकाको क्षामता प्रर्दशन गर्ने र खेल प्रतिको आकर्षण बढाउन निरन्तर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित गर्दै आएको बताए । 

´हिमाले विशेषगरी प्रथामिकता दिएर काम गरिरहेको छ`उनले भने,´निर्वाचित भएयता हिमामा खेलकुद गतिविधि बढाईरहेका छौ । शिक्षा सुधारका प्रयास पनि निरन्तर गरेकै छौ । प्रतियोगिताले हिमाका विधालयबीच प्रतिष्प्रर्धाको भावना विकास हुने छ ।` 

प्रतियोगितामा हिमाका सबै विधालय सहभागि छन् । प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरु खेलाईने छ ।

आकास सुनार

प्रकाशित मिति : २०८३ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस