तातोपानी पूर्णखोप सुनिश्चितता पालिका घोषणा

जुम्ला । तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आईतबार एक समारोहका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

खोप उमेर समुहका सबै बालबालिकाले खोप पाएको सुनिश्चित गर्न हरेक वर्ष गरिने नियमित कार्यक्रम अनुसार आईतबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाँईले बताए । उनका अनुसार पालिकाका सबै खोप उमेर समुहका बालबालिका पूर्ण खोपको पहुँचमा पुगेका छन् ।

पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाा गर्नु पहिला तातोपानीका आठ वटै वडा कार्यालयहरु, सबै स्वास्थ्य संस्थालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको थियो ।

निर्वतमान भौतिक पूर्वाधार मन्त्री माधव प्रसाद चौलागाईको प्रमुख आतिथ्यततामा तातोपानीलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कार्यक्रमका सहभागी जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चाय, तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्द लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस