बालबालिकाका लागि मुगुमा निःशुल्क शारीरिक अपाङ्गता शिविर संचालन

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका मा १८ वर्ष मुनिका बालबालिकाहरू का लागि दुई दिने निःशुल्क शारीरिक अपाङ्गता पहिचान तथा पुनःस्थापना घुम्ती शिविर संचालन भएको छ । दुई दिने शिविर मङ्गलबार सुरु भएको हो ।

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र (HRDC) बनेपा, छायाँनाथ रारा नगरपालिका र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा यो शिविर सञ्चालन भएको डक्टर दुर्गा खनाल ले बताए ।  उनका अनुसार शिविर बुधवार सम्पन्न हुने छ ।

यो शिविरमा विशेषगरी जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको क्लब फुट , हातखुट्टा बाङ्गो भएको वा हड्डी सम्बन्धी समस्या भएका बालबालिकाहरूको स्वास्थ्य जाँच गरिने छ। १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिका लाई लक्षित  यो शिविर सञ्चालन गरिएको डाडु नेपालका अध्यक्ष  रमेश रावल ले  बताए यसैगरी  आयोजना गरिएको यस शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रदान गरिने आयोजक ले जनाएको छ।

हिमाली विकट जिल्ला मुगुमा शारीरिक समस्याका कारण कष्टकर जीवन बिताइरहेका बालबालिकाहरू लाई समयमै पहिचान गरी उपचार र पुनःस्थापनाको प्रक्रियामा ल्याउन यो शिविर कोसेढुङ्गा सावित हुने विश्वास लिइएको अपाङ्गता बाल अस्पताल इन्चार्ज होम राज केसीले बताए ।

नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेका यस्ता समस्या भएका बालबालिकाहरूलाई शिविरमा ल्याई सेवा लिनका लागि सम्पूर्ण अभिभावक तथा सरोकारवालाहरूमा अनुरोध गरेको थियो । 

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस