कर्णाली प्रदेशको बजेटमा जुम्लाको गिडिदहलाई उपेक्षा

जुम्ला । कर्णाली प्रदेशको जुम्ला तातोपानी गाउँपालिका वडा नं. ४ स्थित कर्णालीकै तेस्रो ठुलो र गहिरो ताल ‘गिडिदह’को पर्यटन प्रर्बद्धनमा प्रदेश सरकारले उपेक्षा गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि पर्यटन क्षेत्रको विकास र प्रर्बद्धनका निम्ती कुल ५३ करोड ८२ लाख विनियोजन हुँदा जुम्लाको गिडिदह उपेक्षा परेको हो ।


समुद्री सतहदेखी ३४ सय ८४ मिटर उचाईमा अबस्थित गिडिदहको पर्यटन प्रर्बद्धनका लागि तातोपानी गाउँपालिकाले विभिन्न प्रयास गरिरहेको छ । आईतबार मात्रै झण्डै ८ जनाको सहभागितामा गिडिदह छेउमै पर्या पर्यटन प्रर्बद्धन तथा जलवायू सम्मेलन सम्पन्न भएको छ । भने गिडिदहलाई जुम्लाको आर्थिक विकास, रोजगारी सृजनाको आधार बनाउन संघ प्रदेशबाट सहयोग माग्नेदेखी पर्यटन पूर्वाधार विकासमा लगानी जुटाउने सवालमा १५ बुदेँ घोषणापत्र समेत जारी गरिएको छ ।


गिडिदहमा सम्मेलन सम्पन्न लगत्तै सार्वजनिक भएको कर्णाली प्रदेश सरकारको बजेटले जुम्ला सहित साविक कर्णालीको पर्यटन, कृषि, जडिबुटि,जलविद्युत लगायतको क्षेत्रलाई उपेक्षा गरिएको छ । लम्बाई १५ सय १० मिटर, चौडाई ३१० मिटर र गहिराई ४२.८ मिटर रहेको गिडिदह साविक कर्णालीका राराताल, र सेफोक्सण्डो पनि ठुलो ताल हो ।


कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार रुपैयाँ विनियोजन गरेको छ ।


बजेट वक्तव्यको पर्यटन प्रर्बद्धन र विकास अन्तरर्गत बुदाँ नं. ५० मा मुगुको रारा ताल, सुर्खेतका काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह,रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण र विकास गरी कर्णालीको पर्यटन प्रर्बद्धनका लागि कार्यान्वयनमा रहेका गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न २१ करोड ३५ लाख विनियोजन गरिएको छ । त्यस्तै, बुदाँ ५१, ५२, र ५३ मा कर्णालीको पर्यटन प्रर्बद्धनका सवाल उल्लेख भएपनि जुम्लाको गिडीदह, चन्दननाथ, सिंजा उपत्यका कतै पनि उल्लेख गरिएको छ । तातोपानी वडा नं. ४ का अध्यक्ष अमर बहादुर रोकायाको निरन्तर प्रयासले गिडिदहको प्रचार प्रयासका लागि कडा मेहनत गर्दै आएपनि प्रदेश चासो दिएको छैन् ।


नयाँ पर्यटन गन्तव्यका रुपमा विकास भईरहेको गिडिदहलाई प्रदेश सरकारले अंकमै बजेट छुटाउने अपेक्षा गरिएको ठुलो उपेक्षा गरिएकोमा तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले दुख व्यक्त गरे ।


‘बजेटले अन्य क्षेत्रमा उपेक्षा गरेपनि पर्यटन क्षेत्रमा गिडिदह समेटीने आशा थियो,’उनले भने,‘तर अन्य जिल्लाका गन्तव्य तोकेर नाम आउने र तर जुम्लाको गिडिदह छुट्ने यो सरासर उपेक्षा हो । पालिकाको एकल प्रयासले मात्र गिडिदहमा प्रयाप्त पूर्वाधार निर्माण सम्भव छैन् । प्रदेश यसरी विभेद गर्नु उचित हैन्।’


आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कर्णालीको पर्यटन क्षेत्रको विकासको लागि ५३ करोड ८२ लाख रुपैयाँ छुट्याइएको जानकारी गराउँदा खष भाषा,संस्कृति र सभ्यताको उद्गम स्थल उपेक्षामा छन् ।


मुगुको राराताल, सुर्खेतको कांक्रेविहार, सल्यानको कुपिण्डेदह र रुकुम पश्चिमको स्यार्पुतालको पूर्वाधार विकासका लागि २१ करोड,सुर्खेत विमानस्थलको विस्तारका लागि ५ करोड,जलवायु परिवर्तन उत्थानशील कार्यक्रमका लागि २० करोड ९० लाख छुट्याइएको छ भने जलाधार क्षेत्रको संरक्षण गर्नका लागि २७ करोड १५ लाख, युवा स्टार्टअप कार्यक्रमका लागि ४ करोड १० लाख, उद्यमशीलता र सीप विकासका लागि २ करोड र साना उद्योग प्रोत्साहनका लागि १ करोड विनियोजन गरिएको छ । तर पर्यटन शिषर्कमा जुम्ला भने कतै अटाएको छैन् ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस