तातोपानीको आगामी आवको बजेट सर्वसम्मत पारित, कार्यान्वयनमा जोड 

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको बजेट पारित भएको छ । गाउँपालिकाको १९ औं अधिवेशनको दोस्रो बैठकबाट विहिबार बजेट पारित भएको हो ।

बुधबार आयोजित १९ औं  सभाको दोस्रो बैठकमा सभाका सदस्यहरुले बजेटको कार्यान्वयन तथा समसामायिक विषयमा धारणा राखेका थिए ।  गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष नन्द प्रसाद चौलागाँईले निर्णार्थ पेश गरेको आगामी आव २०८३/०८४ को बजेट सर्वसम्मत पारित भएको हो । 

जिल्लाका सबै पालिकाले डल्लो बजेट ल्याएको अबस्थाले तातोपानीले वडा तथा विषयगत क्षेत्रमा आबश्यकता र मागका आधारका विनियोजन गरिएको अध्यक्ष चौलागाँईले जानकारी दिए । चार वर्षको अवधि सुखद र सफल रुपमा वितेको र अबको एक वर्ष पनि सफल हुनेमा विश्वास व्यक्त गरे ।

तातोपानी गाउँपालिका वडा नं १ अध्यक्ष कर्ण बहादुर कठायत, वडा नं-३ का अध्यक्ष गोर्कण रावल, वडा नं ४ का अध्यक्ष अमर बहादुर रोकाया, वडा नं ६ का अध्यक्ष विशाल खड्का र वडा नं ७ का अध्यक्ष तिलक रावतले बजेटको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहलाई चुस्त बनाउनु पर्ने, आयोजना निर्माण तथा भुक्तानी प्रक्रियालाई सहज, सरल र छिटो बनाउनु पर्ने तर्क राखेका थिए।  

गत असार १० गते अनिवार्य नीति र बजेट ल्याउनु पर्ने सरकारको प्रावधान अनुसार तातोपानीले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो । 

तातोपानी गाउँपालिकाले गत असार १० गतेका दिन आगामी आव २०८३/०८४ का लागि ५४ करोड २८ लाख ८ हजारको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेट गाउँपालिकाको १९ औं  अधिवेसनको दोस्रो बैठकले बजेट सर्वसम्मत रुपमा पारित भएको छ । 

२८ शिर्षक अन्तर्गत  रहेर नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ल्याईएको ५४ करोड २८ लाखबढीको बजेट बजेट सर्वसम्मत पारित भएको सभा अध्यक्ष नन्द प्रसाद चौलागाईले घोषणा गरे ।

कुल बजेट मध्य चालु तर्फ ३५करोड ५८ लाख ८८ हजार अर्थात ६५.५७ प्रतिशत र पुजिगत तर्फ १८ करोड ६९ लाख २०  हजार ३४.४३प्रतिशत बजेट विनियोजन गरिएको छ । 

तातोपानीमा संघीय सरकारबाट ४३ करोड ९१ लाख ९० हजार, प्रदेश सरकारबाट ५ करोड २८ लाख २७ हजार अनुदान प्राप्त भएको थियो भने अल्या बजेट ४  करोड ६२ लाख ९१ हजार र आन्तरिक राजश्व संकलन ४५ लाख गरी कुल ५४ कर‍ोड बढीको बजेट ल्याईएको छ ।  भने तातोपानीका आठ वटै वडामा आबश्यकता मागका आधारमा बजेट बाँडफाँड गरिएको छ ।

गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले समृद्व तातोपानीको संकल्प सहित कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन क्षेत्रमा प्रथामिकता दिएर नीति तथा कार्यक्रम ल्याईएको र उक्त नीति कार्यान्वयनका लागि सबै पक्ष सकरात्मक हुनु पर्ने बताए । नीति र बजेट जतिसुकै प्रभावकारी भएपनि कार्यान्वयनमा उतिकै ध्यान दिन जरुरी रहेकोमा जोड दिए । 

स्थानीय कर तथा खर्च व्यवस्थापन, कृषि, पर्यटन, खानेपानी, सरसफाई, पूर्वाधार विकास, भाषा साँस्कृतिक संरक्षण,श्रम तथा रोजगार, खाध सुरक्षा, उधोग, जलावयू अनुकुलन, उर्जा प्रर्बद्वन, सरसफाई, वाताबरण संरक्षण देखि विपद व्यवस्थापन लगायतका २२ वटा शिर्षक अन्तर्गत थुप्रै नीति तथा कार्यक्रम ल्याईएको छ । 

बजेटको आकार अनुसार कार्यान्वयनमुखी नीति ल्याईएकाले सबैको समन्वय सहकार्यमा समृद्व तातोपानी निर्माण गर्ने संकल्प गरिएको अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए । उनका अनुसार तातोपानीको जल,जमिन, जडिबुटि,जंगलको संरक्षण, पर्यटन विकास तथा सामाजिक विकासमा विशेष ध्यान दिईने छ । 

तातोपानी गाउँपालिका  उपाध्यक्ष चौथो वर्षमा आईपुग्दा अपेक्षाकृत रुपमा काम हुन नसकेको बताईन् । जिल्लाकै नमुना पालिकाका रुपमा काम गर्दै आएपनि अन्तिम वर्षमा अझै एकताको खाँचो, समन्वयको अभाव देखिएको बताईन् । नमुना र समृद्व पालिका निर्माण गर्ने अभियानमा सबैको हातेमालो जरुरी रहेकोमा जोड दिईन् । 

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस