जुम्लाको यान्त्रिक कार्यालय नजिक झाडीमा ४१ वर्षीय पुरुष मृत फेला

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–६, यान्त्रिक कार्यालय नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ७ः२० बजे जुम्ला–नाग्मा सडकखण्डबाट करिब ३ मिटर तल पातीको झाडीमा घोप्टो अवस्थामा ४१ वर्षीय रत्नचन्द्र रावल मृत फेला परेका हुन्। रावल चन्दननाथ नगरपालिका–७ मिचाका स्थानीय रहेको प्रहरीले जनाएको छ।

घटना जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट SOCO सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाएको जनाएको छ।

प्रहरीका अनुसार रावलले प्रायः मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस