जुम्ला । नेपाली काँग्रेस पार्टीकी नेतृ रामदेवी खड्काले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन्। आईतबारदेखि काठ्मान्डौको खुला मञ्चका सुरु भएको पार्टीको
१५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।
हाल चन्दननाथ नगरपालिका जुम्लाको उपमेयर समेत रहेकी खड्का विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिईन् ।
विशेष महाधिवेशनबाट काँग्रेस पार्टीको केन्द्रिय सदस्य भईसकेकी खड्काले सुदृढ र रुपान्तरित काँग्रेस बनाउने संकल्प सहित पुन केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
पार्टीमा भद्र सालिन र स्वाभिमानी नेताको रुपमा आफ्नो परिचय स्थापित गरेकी खड्काको उम्मेदवारीलाई काँग्रेसजीजनले स्वागत गरेका छन् ।
पार्टीको केन्द्रीय नेतृत्वमा रहेर जिल्लाको काँग्रेसलाई लयमा ल्याउने, सांगठनिक गतिविधि बढाउने, संगठन विस्तार तथा सुधारमा विशेष ध्यान दिने नेतृ खड्काको भनाई छ । विशेष महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य भईसकाले अहिले मेरो उम्मेदवारी स्वभाविक रहेको बताईन् ।
पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र अपेक्षालाई प्रतिनिधित्व गर्ने तथा कांग्रेसको लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न आफु फेरी केन्द्रिय सदस्य पदमा होमिएको उल्लेख गरिन् ।




