बिहिबार, १८ माघ २०७४
काठमाडौँः भारतकी विदेश मन्त्री सुस्मा स्वराज त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको दूतकारुपमा केही बेरअघि काठमाडौँ आइपुगेकी छन् ।
त्रिभुवन विमानस्थलमा अपरान्ह सवा चार बजे अवतरण गरेकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणा र परराष्ट्र सचिव शंकर वैरागीले विमानस्थलको विशिष्ठ कक्षमा स्वागत गरे ।
स्वराजलाई स्वागत गर्न नेपालका लागि भारतका लागि राजदूत मञ्जिवसिंह पुरी पनि विमानस्थलमा पुगेका थिए । उनी विमानस्थलबाट सीधै कालिमाटीस्थित होटल सोल्टीतर्फ लागेकी छन् । सञ्चारमाध्यमसँग कुनै प्रतिक्रिया नदिई स्वराज सोल्टीतर्फ लागेका हुन् ।
पहिलो भेट ओलीसँग
विदेशमन्त्री स्वराजले आजैबाट उच्चस्तरीय राजनीतिक भेटघाट थाल्ने भएकी छन् । आजै साँझ साढे ६ बजे स्वराजले नेपालका भावी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार