राष्ट्रियसभा निर्वाचनका लागि आज प्रचारप्रसारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि

आईतबार, २१ माघ २०७४

काठमाडौं । आगामी बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधी शुरु हुँदैछ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघि मौन अवधी शुरु हुने प्रावधान अनुसार आज मध्यरातबाट मौन अवधी शुरु हुन लागेको हो । मौन अवधिभर कुनै पनि दलका उम्मेदवार, कार्यकर्ता, मतदाता लगायत सञ्चामाध्यमहरुले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

सामाजिक सञ्जाल, तथा कुनै पनि प्रविधि प्रयोग गरी मत मागेमा सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेज गर्न सकिने संवैधानिक प्रावधान रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

आगामी बुधबार अर्थात माघ २४ गते राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक प्रदेशबाट आठ–आठ जना गरी ५६ जना सदस्य निर्वा्चित हुनेछन् । राष्ट्रियसभा निर्वाचन हुने ५६ सीटमध्ये २४ जना निर्विरोध भईसकेका छन् भने ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक ब्यवस्था छ ।

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस