डिएसपिको चौथो छर्लाङ ः जुवाखालबाट १२ पक्राउ

नन्दराम जैसी

जुम्ला । चैते दशैको पुर्वसन्ध्याको अवसरमा रमाईलो गर्ने बाहाना गर्दै गत शनिबार जुवातास खेलिरहेका १२ जना ब्यक्ति जुवाखालबाट पक्राउ परेपछि डिएसपि डा. तपन कुमार दाहालले आफ्नो जुवातास नियन्त्रण अभियानमा चौथो छर्लाङ मारेका छन् ।

आठ महिना अघि जुम्लामा सरुवाभई आउनु भएका डिएसपि दाहाल नेतृत्वको प्रहरीले संचालन गरेको जुवातास नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ । उनि नेतृत्व खादा पोसाक सहितको प्रहरीले यस अघि बढिमा ३ महिनाको अवधिमा ३ पटक जुवाखालबाट सरकारी कर्मचारी सहितका जुवाडेलाई जुवाखालबाट पक्राउ गरी कानुन अनुसार कारवाहि गरीसकेको छ ।

मंगलबार जिल्लामा पत्रकार सम्मेलन गर्दै शनिबार भारतिबाडा स्थीत जुवाखालबाट पक्राउ परेका १२ जनाको म्याद थप गरी अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ । सम्मेलनमा बोल्दै डिएसपि दाहालले भने, ‘यस पटक पनि सरकारी कर्मचारी, शिक्षक सहित ब्यापारी र सर्बसाधारण नागरीक जुवाखालबाट पक्राउ गरेका छौ । अनुसन्धानमा उनिहरुले रमाईलो गर्ने बाहानामा जुवा खेलिरहेको पृष्टि हुन्छ, बाँकि अनुसन्धानपछि हामि कानुनि कारवाहि गर्छौ ।’

जिल्लामा जुवातासका कारण विकृति मौलाउदै गएपछि जुवातास नियन्त्रण अभियानलाई तिब्र पारीएको हो । अहिले सदरमुकाममा ९९ प्रतिशत जुवातास खेल्न बन्द भएको डिएसपि दाहालले दावि गरे । ‘हामिले पोषाक तथा सादा पोषाकमा रातदिन प्रहरी परीचालन गरेका छौ, संकाष्पद होटल, पसल तथा घरमा गोग्य छापा हुन्छ, जुवातासको विकृतिलाई शुन्यमा झारीन्छ ।’ उनले भने ‘जुवातास नियन्त्रण अभियानको मेरो चौथो छर्लाङसम्म ३० जना पक्राउ परेका छन्’ ।

प्रहरीको जुवातास नियन्त्रण अभियानलाई आगामि दिनमा स्थानिय महिला समुह, आमा सहुम तथा युवा क्लवहरुले पनि साथ दिने बताएका छन् । जिल्लामा बढ्दै गएको जुवातास खेल्ने प्रवृतिले घरपरिवार, समाज तथा ब्यक्तिलाई ठुलो मात्रामा आर्थिक घाटा बेहोर्नु परेको छ, भने कतिपयका त यसै कारण घरबार बिग्रेको समेत पाइन्छ ।

प्रहरीको यो अभियानले सदरमुकाममा जुवातास खेल्ने÷खेलाउने कार्य रोकिएपनि गाँउहरुमा भने स्थीति उस्तै रहेको नागरीक अगुवा दुर्गा प्रसाद पाण्डेले बताए । ‘प्रहरीको यो अभियानले बजारमा सार्थकता पाएपनि गाँउलाई छोएको छैन, बजारमा मात्र कडाई गरी हुदैन । जुवा खेल्नेले गाँउमा पनि गएर खेल्नसक्छ, यस्तै अभियान प्रहरी चौकि मार्फत गाँउ गाँउमा संचालन गरीदिनुपर्र्यो’ उनले भने ।

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस