
जुम्ला ः नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले माओवादी र एमालेको पार्टी एकता नहुने बताए । उनले भने नेपालको संविधान २०७२ मा राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख फरक फरक पार्टीबाट हुनुपर्ने व्यवस्था छ । माओवादी एमाले पार्टी एकता गर्ने भन्छन् तर देशका प्रमुख एउटै पाटीका हुने भएकाले संविधान विपरित हुन्छ र यस कारणले पार्टी एकता नहुने उनको भनाई रहेको छ ।
नेपाल मजदुर किसान पार्टीको १३ औँ जिल्ला अधिवेशन कार्यक्रमको लागि जुम्ला पुगेका सांसद सुवालले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनका अनुसार एमाले माओवादीको पार्टी एकता भनेर जनतालाई भ्रमित बनाउन खोजिएका हो त्यसमा सत्यता छैन र संविधान विपरित हुने देखिन्छ र यस कारणले पनि पार्टी एकता हुदैन ।
पत्रकार भेटघाट कार्यक्रममा सांसद सुवालले राष्ट्रिय राजनीतिकको बारेमा जानकारी गर्दै प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भारतसँग यो माग्छु त्यो माग्छु भन्दा नेपाल मगन्त्य जस्तो भएको टिप्पणी गरे । उनले भने हामी देशमा केही गर्न सक्दैनौँ सधै अरुको मुख ताक्नु पर्ने ? उनले यो देशका नागरिकले लोकतन्त्रको आभास गर्न नपाएको बताए । लोकतन्त्र खाली नारामै मात्र सिमित छ देशका राष्ट्रपति र प्रधानमन्त्री बाहिर निक्सदा काठमाडौँको चक्रपद घण्टौँ जाम हुन्छ । भन्दा जनताबाट चुनिएका राष्ट्रपति प्रधानमन्त्री भन्ने कार्यशैली उपुरानै राजा महाराजा जस्तो छ उनले भने दुगमका नागरिकका कुरै नगरौँ सुगम काठमाडौँकै नागरिकलाई खानेपानी विजुलीको अभाव छ अनि कसरी लोकतन्त्र आयो कसरी सिंह दरवारको अधिकार गाउँमा पुग्यो ।
संसदमा अहिले सत्ता पक्ष प्रतिपक्षको एउटै भुमिका रहेकोले खासै नेपाली काँग्रेसले प्रतिपक्षको भुमिका निर्वाह नगरेको सांसद सुवालले भने नाम नागरिकले प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ । चैत २३ र २४ गते नेपाल मजदुर किसान पार्टीको १३ औँ जिल्ला सम्मेलनमा उनले सम्बोधन गर्ने जिल्ला अध्यक्ष शिवलाल डागीले बताए ।