सञ्चारको पहुँचबाट सिजाबासी बञ्चित

जुम्ला ः जुम्लाको निर्वाचन क्षेत्र नम्बर (ख)मा पर्ने सिजा भेगका आमनागरिकहरु सञ्चारको पहुँचबाट सिजाबासी बञ्चित भएको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गरिएको छ ।


नेपालको संविधान २०७२ को धारा १९ मा उल्लेख गरिएको सञ्चार सम्वन्धी हकको नेपाल सरकारले नीगित व्यवस्था गरे पनि बञ्चित गरेको भन्दै प्रशासन र नेपाल टेलिकम शाखा जुम्लाको ध्यानाकर्षण गरिएको हो ।
तिनवटा स्थानीय तह रहेको सिजा भेगमा टेलिफोनको टावर विग्रेको हप्ता दिन वितिसक्दा पनि त्यसको मर्मत सम्भारको लागि कुनै पहल नभएपछि राज्यको ध्यानाकर्षण गर्नुपर्ने बाध्यता आएको हिमा गाउँपालिका १ बड्कीका समाजसेवी लक्ष्मण शाहीले बताए । उनले अहिलेको युग भनेको डिजिटलको युग हो तर सिजाबासीलाई भने राज्यले सञ्चारको पहुँच बाहिर रहेको गुनासो गरे । पटक पटकको टेलिफोन अवरुद्धका कारण स्थानीयले एक अर्काेमा खबर प्रदानप्रदानका लागि समस्या हुने गरेको स्थानीय बताएका छन् ।
टेलिफोन र इन्टरनेटको स्तरउन्नतीका लागि पटक पटक सरोकारवालाहरुले बहसको विषय बनाए पनि नेपाल टेलिकमले सुनुवाई नगरेको स्थानीय नागरिक देखि जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । बषौँ देखि नेपाल टेलिकमले टेलिफोन र इन्टरनेटको स्तरउन्नती गर्ने भने पनि अझैसम्म कुनै परिर्वतन हुन सकेको छैन । नेपाल टेलिकम राज्यको निकाय भएपनि सेवामुलक भन्दा पनि नाफामुलक मात्र भएको स्थानीयको आरोप छ ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले यस विषयमा सम्वन्धी निकाय टेलिकमलाई ध्यानाकर्षण गर्ने प्रतिबद्धता गरे । उनले भने तत्काल टेलिफोन टावरको मर्मत सम्भारका लागि टेलिकम शाखालाई निर्देशन गरिने छ ।

प्रकाशित मिति : २०७४ चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस