प्रतिष्ठानको सिनेट बैठक शनिबार

नन्दराम जैसी
जुम्ला । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, शिक्षण अस्तपाल जुम्लामा पहिलो पटक (पर्सि ) शनिबार सिनेट बैठक बस्ने भएको छ । यसअघि प्रतिष्ठानको सिनेट बैठक काठ्माडौमै बस्दै आएको थियो, तर यो पटक भने जुम्लामै सिनेटको बैठक बस्न लागेको हो । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार दिउसो जुम्लामा सिनेट बैठक बस्ने तयारी छ ।

सिनेटको पुर्वतयारीका लागि बिहिबार (आज ) नै स्वास्थ्य यराज्यमन्त्री पद्यमा अर्यालसँगै पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी सहितको टोलि जुम्ला आईपुगेको छ । उनिहरु जुम्ला पुगेसँगै सिनेट बैठकको अन्तीम तयारीमा ब्यस्त छन् ।

प्रतिष्ठानका डिन प्रध्यापक डाक्टर मोदनाथ मरहट्ठाका अनुसार सिनेट बैठकको अन्तीमि तयारी भैरहेको छ । यसअघि शुक्रबार बस्ने भनिएको सिनेट बैठक प्रधानमन्त्रीको ब्यस्तताका कारण शनिबार सारीएको उनले बताए । कर्णाली रारा पर्यटन बर्षको उद्घाटनपछि सिनेट बैठकका लागि प्रधानमन्त्रीको टोलि जुम्लामा आउने कार्यक्रम छ ।

‘हामीले जिल्लामै पहिलोपटक बस्न लागेको सिनेट बैठक ब्यवस्थापनको सबै तयारी गरीसकेका छौ । सिनेट बैठकलाई प्रभावकारी बनाउन व्यवस्थापनमा कुनै कमजोरी हुने छैन, डाक्टर मरहट्ठाले भने ।’

प्रकाशित मिति : २०७४ चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस