जुम्ला ः विद्यालय जाने उमेरमा गाँउघरमा धुलोमाटोमा लडिबुडी गरेर दैनिकी गुजारी रहेका तिला गाउँपालिका ८ का ७ बर्षीय बालक विजय बस्नेतले पहिलो पटक विद्यालयको मुहार देखेका छन् । बिहान, बेलुका आफुसंगैका साथीहरुसँग रमाए पनि दिउसो भने, सबै बालबालिका विद्यालय गएपछि उनलाई एक्लै हुँदा दिन काट्न छट्पट्टी हुन्थ्यो ।
गरिबी र अशिक्षाका कारण उनकी आमा दिपा र बुवा नरेश बस्नेतले छोरालाई विद्यालय पठाउने सोचनै नगरेपछि उनले विद्यालय देखे तर पढ्न भने पाएनन् । कहिल्यै विद्यालयको मुहार नदेखेका र कापी, कलम समेत नसमातेका उनलाई पहिलो पटक विद्यालयसम्म पु¥याउन पनि धौधौ प¥यो ।
सरकारले शुरु गरेको विद्यालय भर्ना अभियान अन्र्तगत एमाले नेतृ मेनका पछाँईले अभिभावकत्व ग्रहण गर्दै उनलाई विद्यालय भर्ना गरेपछि आइतबार पहिलो पटक बालक विजय बस्नेतले कापी, कलम समात्न पाएका छन् । अभिभावकत्व ग्रहण गरेकी नेतृ पछाँईले उनलाई उच्च शिक्षासम्म पढाउने जिम्मेवारीका साथ चन्दननाथ नमुना मावि खलंगा, जुम्लामा नर्सरी कक्षामा भर्ना गरिदिएकी छन्, भने आजैबाट उनले कखरा पढ्न पनि शुरु गरेका छन् ।
उनिसँगै मुगु सोरु गाँउपालिका हाल चन्दननाथ ४ बस्ने ८ बर्षीया बालिका भावना शाहीले पनि आइतबार बाटै कखरा पढ्न शुरु गरेकी छन् । बालिका भावनाको अभिभावकत्व ग्रहण गर्दै नेकपा एमाले जुम्लाकी नेतृ मेनुका रेग्मीले उनलाई विद्यालय भर्ना गरिदिएकी हुन् । पहिलो पटक विद्यालयको मुहार देखेका दुबै बालबालिकालाई विद्यालयको पोषक सहित आवश्यक पठनपाठनका सामाग्री उपलब्ध गराईएको छ, भने साथीभाईसँगै पहिलो पटक विद्यालय जाँदा उनीहरु निकै खुसी देखिएका छन् ।
बालक बस्नेतलाई विद्यालय भर्ना गर्दै अबिवाहित एमाले नेतृ पछाँईले भनिन्, ‘विजय मेरो लागि पहिलो सन्तान हो । भविष्यको बाटो निर्धारण गर्न विद्यालय नभई माटोसँग खेलिरहेको उसको अभिभावकको जिम्मा लिएर विद्यालय भर्ना गर्न पाउदा सेवा गर्ने मौका मिलेको छ, अब उनको उच्च शिक्षासम्मको जिम्मा लिएकी छु ।’
जुम्लाका हजारौँ बालबालिका अझै विद्यालयको पहुज भन्दा बाहिर रहेको दावी गर्दै सबै निकाय, तहतप्का तथा ब्यक्तिले उनीहरुलाई विद्यालयको पहुँजमा ल्याउन भर्ना अभियानलाई प्रभावकारी जोड दिनुपर्ने उनले बताईन् । गरीबी र अशिक्षाका कारण विद्यालयको पहुँजमा आउन नसकेका जिल्लाका बालबालिकालाई पहुँजमा ल्याउन विद्यालयको मुख्य भुमिका रहने उनको भनाई छ । जिल्ला शिक्षा कार्यालय जुम्लाका अनुसार जुम्लामा ५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको र १० प्रतिशत किशोरीहरुले बीचैमा विद्यालय छोड्ने गरेको तथ्यांक रहेको जनाएको छ । ।