जुम्लाको बजेट एक अर्ब ५६ करोड ३९ लाख

जुल्ला ः सरकारले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा स्थानीय तहको लागि बजेट छुट्याइएको हो । त्यसैगरी जुम्ला जिल्लाको ८ स्थानीय तहमा बजेट सार्वजनिक भएको छ ।

चन्दननाथ नगरपालिकाका लागि ३० करोड ५२ लाख बजेट विनियोजन भएको छ । त्यसैगरी कनकासुन्दरी गाउँपालिका १९ करोड ७३ लाख, गुठीचौर गाउँपालिका १३ करोड ५९ लाख, तातोपानी गाउँपालिका २० करोड ८८ करोड, तिला गाउँपालिका २० करोड ३६ लाख, पातारासी गाउँपालिका १७ करोड ७० लाख र हिमा गाउँपालिकामा १६ करोड ८ लाख रुपैया बजेट सार्वजनिक भएको छ ।
देश संघीय संरचना पछि आर्थिक बर्ष २०७४÷०७५ का लागि केन्द्रीय सरकारले जुम्ला जिल्लाको विकासे बजेट सहित स्थानीय तह संचालनका लागि पाँच अर्ब रुपैया विनियोजन भएको थियो तर जुम्ला जिल्लामा भने चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म नौ करोड १४ लाख ५३ हजार ९ सय ६६ रुपैया ५४ पैसा राजश्व संकलन भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका लेखा प्रमुख विश्वप्रसाद अर्यालले भने अब बाँकी जेठ र असार महिनामा बढीमा दुई करोड जति राजश्व संकलन हुने संम्भावना रहेको छ । यो भन्दा बढी राजश्व संकलन हुने सम्भावना देखिदैन । उनले भने स्थानीय सरकार संचालनका लागि यो आर्थिक बर्षमा हरेक नगरपालिका र गाउँपालिकाले २० करोड देखि २७ करोड सम्म पुजी परिचालन गरेका छन् तर राजश्व संकलनमा न्यून देखिएको छ, पालिकालले ६÷७ लाख देखि बढी राजश्व संकलन गर्न सकेका छैनन् । केन्द्र सरकारले अनुदान पठाउन छोडेको खण्डमा स्थानीय सरकार संचालनमा चुनौती नै देखिएको कोलेनिका लेखा प्रमुख अर्यालले बताए ।

प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस