स्कुले विद्यार्थीले रोपे शेराज्यूलोमा कालीमार्सी धान

मानदत्त रावल /कर्णाली पोष्ट दैनिक, जुम्ला

जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शेराज्यूलोमा विद्यार्थीले धान रोपेका छन् । परापुर्व कालदेखि रोपिदै आएको शेराज्यूलोमा रोपाह नपाएपछि चन्दननाथ मावि खलंगाको विद्यार्थीहरुले धान रोपेका छन् । पहिलो गाउँगाउँबाट महिलाहरुले शेराज्यूलोमा धान रोप्न जाने चलन रहेको थियो तर पछिल्लो समयमा उक्त प्रचलन हराउदै गएपछि शेराज्यूलोमा धान रोप्न कुनै पनि रोप्नेरी हलि बाउसे आउने नगरेको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष तारासिह कठायतले बताए ।


चन्दननाथ भैरवनाथ बाबाले भारतको काश्मीरबाट धानको विउ ल्याएर शेराज्यूलो धान रोप्ने चलन रहेको किमदन्ती रहेको जुम्लाका धर्मगुरु रमानन्द आचार्यले बताए । उनले भने पछि त्यही धानको विउ विश्वको अग्लो स्थान जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौर ज्यूलोमा धान रोप्न सुरु गरिएको थियो । २८ सय मिटर अग्लो स्थान गिनिजबुकमा रेकडेट छुमचौर ज्यूलोमा कालीमार्सी धान रोप्ने कार्य पछिल्लो समय कमी हुदै आएको उनले बताए । स्थानीय कलिमान महताराका अनुसार २०१९ सालमा जग्गा दर्ता गरी २०२१ सालदेखि रोपाई सुरु गरिएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस