स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता

सोम गुरुङ्ग,बर्दिया १ असार / पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र एफएचआई ३६०को सहयोग र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा गुलरियामा सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुखीकरण सम्पन्न भएको छ ।

सो अभिमुखीकरण कार्यक्रमका सहभागी गुुलरिया नगरपालिकाका जनप्रतिनिधिहरु वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुले आफुहरुले गरेका कार्यक्रम, योजना र बजेट पारदर्शिताका लागि स्थानीय तहमा सूचना अधिकारी तोक्ने प्रतिबद्धता समेत जनाएका छन् । सो सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुखीकरणको सहजीकरण सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवाली र जवाफदेहिता अधिकृत सोम बहादुर गुरुङ्गले गर्नुु भएको थियो ।
सो अभिमुखीकरण कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक लक्ष्मी तिवारीले स्वागत मन्तब्य साथै संस्थाको ध्येय र लक्ष्य बारे जानकारी गराउनुुभएको थियो । सो कार्यक्रममा सामाजिक जवाफदेहिताका औजारहरु, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सूचनाको हकको बारे बृहत छलफल गरिएको थियो । सो कार्यक्रममा सुशासन, जवाफदेहिता र पारदर्शिताको बारेमा खुला छलफल भएको थियो । यस कार्यक्रम ज्यादै नै उपयोगी भएको गुुलरिया नगरपालिका वडा नं. २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारीले बताउनुुभयो । त्यसै गरि वडा नं. ७ का वडा अध्यक्ष गिता बस्नेतले जनप्रतिनिधिहरुले पनि सामाजिक जवाफदेहिताका औजार बारे जान्नु पनेृ विचार राख्नु भएको थियो । साथै उहाँले आफनो वडामा सूचना अधिकारी तुरुन्त तोक्ने प्रतिबद्धता समेत गर्नुभयो ।
सो कार्यक्रममा गुलरिया नगरपालिकाका कार्यपालिका सदस्य नैन सिंह सुनार, वडा नं. ३ का वडा सदस्य रविन्द्रनाथ यादव, पत्रकार अनोज थारु लगायतले आ–आफनो विचार राखेका थिए ।

प्रकाशित मिति : २०७५ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस