सञ्चार सेवाको पिडामा जुम्लाका स्थानीय-सेवा लिन मुगुको डाँडामा

नन्द बहादुर रोकाया

मुगु । जुम्ला जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि मुगु र जुम्लाको सिमाना पर्ने राधै भुलभुलेका बासिन्दा वर्षाैंदेखि सञ्चार सुविधाबाट वञ्चित छन् । राधै भुलभुले जुम्लामा सञ्चार सेवाको बिस्तार नभए पछी उनिहरु मुगुको सञ्चार सेवा प्रयोग गर्न बाध्य छन् । कनका सुन्दरी गाउँपालीका वडा नं १,२ लगायत का वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको भन्दै गुनासो गर्ने गरेका छन ।

जुम्ला जिल्लाका अरु ठाउँमा सञ्चार सेवाको विस्तार भएको भएपनी हाम्रे गाउँमा सञ्चारको सेवा पुगेको छैनन् कनका सुन्दरी गाउँपालीका वडा नं १ का वडा अध्यक्ष हरि बहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार सञ्चार सेवा विस्तारका लागी जुम्ला देखि केन्द्रिय कार्यलय काठमाडौ सम्म पहल गर्दा पनि सुनुवाई नभएको उहाँको भनाई छ ।

सर्भे लगायत माटो परिक्षण पनी भएको छ तर पनी काम भएको छैनन काम हुन्छ भन्दै झुक्याईएको छ । चार पटक सम्म सेवा विस्तारका लागी केन्द्रिय कार्यलय काठमाडौमा धाउदा पनी काम नभएकोमा उहाँले राज्यकै कमजारीले यहाँका स्थानीय संञ्चार सेवा बाट बञ्चित भएको बताउनुभयो ।

कनाका सुन्दरी गाउँपालीका १, २ लगायत आसपासका बासिन्दाले वर्षांैदेखि सञ्चार सेवा नपाएपछि मुगुको सञ्चार सेवको भर पर्नुपरेको छ । कसै सँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको मुगुको सेवा लिन सातमोठ मुगुको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको नविना भण्डारीले गुनासो गनुभयो ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस